• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १५, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमालले यो धर्तीलाई सुन्दरता…

२ घण्टा अघि
२

एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

२ घण्टा अघि
३

‘बसन्त’का दुई कृति एकसाथ

२ घण्टा अघि
४

विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह

२ घण्टा अघि
५

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

३ घण्टा अघि
६

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार

३ घण्टा अघि
७

कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

३ घण्टा अघि
८

एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड

४ घण्टा अघि
९

एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित

४ घण्टा अघि
१०

‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर

४ घण्टा अघि
११

सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छः अर्थमन्त्री महत

४ घण्टा अघि
१२

डि–फ्रिजबाट करेन्ट लागेर एक महिलाको मृत्यु

४ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    २ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ३ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ४ दिन अघि
  • nurse ५

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    ५ घण्टा अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    २ दिन अघि
  • keshab pande ७

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ४ दिन अघि
  • akikrit-samajwadi-office ८

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ९

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal १०

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • नयाँ सरकार निर्माणमा राजनितिक दल : लक्ष्य स्पष्ट, रणनीति अस्पष्ट

    Reporterप्रकाशित मिति: २०७७ चैत्र २२, आईतबार (२ साल अघि)
  • १०२९ पाठक संख्या
  • dal sarkar

    २२ चैत,काठमाण्डौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने निर्णय गरेपछि राजनीतिमा फेरी हलचल शुरु भएको छ ।

    सबैले आ–आफ्नो इच्छा प्रकट गरेपनि सहमति भने कुनै पनि दलबीच भएको छैन । स्वयम कांग्रेसभित्र नयाँ सरकार कि निर्वाचन भन्नेमा विवाद देखिएको छ । कांग्रेसले शुक्रबार आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको इच्छा विपरित निर्णय भएपनि रणनीति के हो र कसरी सरकार बन्छ भन्नेमा स्वयम कांग्रेसका नेताहरु अनभिज्ञ रहेका छन् । उपसभापति बिमलेन्द्र निधी तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिने सम्भावना नरहेकाले राजनीतिक संकट किनारा नलाग्ने बताउछन् ।

    प्रधानमन्त्री ओलीलाई पदमा बस्न नैतिकताले दिदैन तर उनले दिने सम्भावना पनि नरहेकाले जटिलता कायम रहे चुनाव नै अन्तिम विकल्प भएको बताए । जनता समाजवादी पार्टीले नयाँ सरकारमा आउनका लागि स्पष्ट कुरा नराखेकाले नयाँ सरकार निर्माण अन्यौलमा परेको उनको भनाई छ । ‘यस्तै अवस्था रह्यो भने चुनावमै जानु पर्ने हुन्छ । त्यस्का लागि पार्टीका सबै पंक्तिलाई तयार रहन आग्रह गर्दछु’, निधीको भनाई छ । तर, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने अब संसदमा अविश्वासको प्रस्ताव लैजाने बताउछन् । कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको भन्दै उनले भने, ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं ।’

    माओवादी केन्द्रले भने सरकारका विषयमा निर्णय गर्न आइतवार स्थायी कमिटीको बैठक बोलाएको छ । सम्भवत त्यो बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताइएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार यो साता बन्ने दाबी गर्न शुरु गरिसकेका छन् । तर, समर्थन फिर्ता नलिएको भन्दै उनि कांग्रेस र जसपाबाटै आलोचित बनिरहेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको भन्दै उनले भने, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ ।’

    सरकार निर्माणमा दुवै पक्षले निर्णायकका रुपमा लिएको जसपा भने अझै पनि अन्यौल र विवादको भूमरीमा फसेको छ । ५ चैतमा जसपाको कार्यकारिणी समितिको बैठक बस्नुपर्ने थियो । तर, आन्तरिक किचलोले अन्तिम समयमा बैठक नै स्थगित गर्नुप¥यो । त्यसपछि बैठक कहिले बस्छ भनेर कोही पनि नेतालाई थाहा छैन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई साथ दिने वा विपक्षीहरूको मोर्चा बनाएर नयाँ सरकार गठन गर्ने भन्ने दुई खेमाबीच सहमति जुट्न नसक्दा बैठक स्थगित हुन पुगेको थियो ।

    जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने ओलीसँग आशावादी देखिन्छ । रेशम चौधरीको रिहाइ र मुद्दा फिर्ता हुने अनि सविधान संशोधनको मस्यौदा संसदमा दर्ता गर्ने हो भने ओली सरकारमा सहभागी हुन ठाकुर र महतो सहमत भएको एक नेताको भनाई छ । त्यसमाथि थपिएको प्रधानमन्त्रीको आसले पनि ठाकुर र महतो पक्ष ओलीलाई साथ दिने लाइनमा छन् । तर, जसपाभित्र सरकारमा सहभागी हुन नहुने लाइन पनि छ । त्यसको नेतृत्व अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले गरेका छन् ।

    जसपा दुई खेमामा रहेकाले सरकारका विषयमा पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता समेत व्यक्त गरिएको छ । ३४ सांसद रहेको जसपामा ठाकुर–महतो पक्ष बलियो रहेको बताइएको छ । जबसम्म जसपाले एक ढिक्का भएर निर्णय नगरेसम्म नयाँ सरकारका विषयमा कुनै समझदारी नहुने देखिन्छ । नयाँ सरकारमा समझदारी नभए मुलुक फेरी अर्ली निर्वाचनमा जान सक्ने आकंलन पनि नेताहरुले गरिरहेका छन् ।

    ‘यो संसदले समाधान दिदैन, निर्वाचनमै जाउँ’

    प्रधानमन्त्री केपी शर्मा ओलीले भने निर्वाचनमा जान दलहरुसग आग्रह गरेका छन् । अहिलेको संसदको अंकगणित देशको आवश्यकता अनुरुप नभएकाले ताजा जनादेशमा जानुपर्ने बताएका हुन् । ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने उल्लेख गरे । देशभर निर्माण हुन लागेका एक सय ६५ वटा सडक सञ्जालको बालुवाटारमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन् । ‘संसदको अंकगणितले अनुपयुक्त आकार लिइरहेको छ, उपयुक्त आकार लिने सम्भावना कम छ वा छैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्छ’, उनले भने, ‘देशको आवश्यकता अनुसारको अंकगणित निर्माण गर्नुपर्छ । सरकार बनाउन, संविधान निर्माण गर्न सक्ने थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनाउनुपर्छ ।’

    उनले सकेसम्म समाधान खोजौं नभए ताजा जनादेशमा जानुपर्ने धारणा राखे । ‘भरसक म्यानेज गर्न खोज्नुपर्छ । व्यवस्थापन भएन भने ताजा जनादेशमा जानुपर्छ । ढिलो चाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ’, उनको भनाई छ । उनले राजिनामा माग्दैमा नआउने बताउदै समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौति पनि दिए ।

    उनले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने स्पष्ट पारे । ‘आज मागेको हो र राजीनामा रु माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा रु एकदिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या माग्यै छ’, प्रधानमन्त्री ओलीले भने, ‘ए बाबा १ हटाउ न त । समर्थन फिर्ता लिइदेऊ भन्छु लिँदैन । अनि राजीनामा माग्छन् । राजीनामा आइहाल्छ, समर्थन फिर्ता गर न ।’

  • subhayug
  • नेपाली कांग्रेस
  • प्रमुख प्रतिपक्षी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • हिमालले यो धर्तीलाई सुन्दरता…

  • एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

  • ‘बसन्त’का दुई कृति एकसाथ

  • विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह


  • समाचार
  • १

    हिमालले यो धर्तीलाई सुन्दरता…
    २ घण्टा अघि

  • २

    एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान
    २ घण्टा अघि

  • ३

    ‘बसन्त’का दुई कृति एकसाथ
    २ घण्टा अघि

  • ४

    विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह
    २ घण्टा अघि

  • ५

    जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
    ३ घण्टा अघि

  • ६

    सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार
    ३ घण्टा अघि

  • ७

    कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने
    ३ घण्टा अघि

  • ८

    एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड
    ४ घण्टा अघि

  • ९

    एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित
    ४ घण्टा अघि

  • १०

    ‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर
    ४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर १३ जनाको मृत्यु, १४ बेपत्ता

    शुभयुग सम्वाददाता
    ३

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    ४

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution