२१ चैत,काठमाण्डौ – माछापुच्छ्रे बैंक लिमिटेडले भिषा कार्डमार्फत् हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ ।
आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याक लेस कार्ड सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकका अनुसार कन्ट्याक लेस कार्ड सेवाअन्तर्गत कन्ट्याक्ट लेस कार्डको प्रयोग गरी पिओएस (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्न नपर्ने साथै उक्त ‘ट्याप एण्ड पे’ सुविधायुक्त पिओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने जनाएको छ ।
कन्ट्याक लेस कार्डअन्तर्गत बैंकको डेभिट तथा क्रेडिट कार्ड प्रयोग गरी २ हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता नपर्ने साथै २००० भन्दा बढिको काराबोर गर्दा कार्ड पिननम्बर राख्नुपर्ने बैंकको भनाइ छ ।
बैंकले उक्त सेवा आफ्ना अधिकांश पिओएस मसिनलाई ट्याप एण्ड पे’ सुविधा युक्तमा स्तरोन्नति गरिसकेको छ । उक्त सुविधा लिनका लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्ने बैंकले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar