२० चैत,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीश विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगयतले अवहेलना मुद्दा दायर गरेका थिए ।
सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो र प्रधानमन्त्रीले सोही बमोजिम जवाफ पेश गरिसकेका छन् ।
यस्तै अवहेलना मुद्दा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी,कल्याण श्रेष्ठ,अनुपराज शर्मा र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar