२०८१ आश्विन २०, आईतबार
२० चैत,काठमाण्डौ –
रूरू जलविद्युत परियोजना लिमिटेडले शुक्रवार (चैत २०)बाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) विक्री खुला गरेको छ ।
कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो ।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा आइपीओ पुरै बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला हुनेछ ।
रुरु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवदेन दिएका सबैले यसको आइपिओ हात पार्ने देखिदैन । किनभने १० कित्ताका दरले वित्तरण गर्दा पनि ३७ हजार ९ सय १६ जनालाई पुग्छ । यसकारण रुरुको आइपिओ पाउन भाग्यकै भर पर्नुपर्ने छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar