१६ चैत्र,काठमाण्डौं – जनमत पार्टीका प्रमुख डा. सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ।
नवलपरासी जिल्ला अदालतले एक सूचना जारी गर्दै सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको हो। सोमबार राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन भन्दै अदालतले सूचना जारी गरेको छ। रौतहट महादेव गाउँपालिका – २ घर भई हाल धनुषा जनकपुर उपमहानगर– ८ डेरा गरी बस्ने डा. राउतलाई अदालतमा हाजिर हुन भनेर उल्लेख छ।
‘यो म्याद सूचना प्रकाशित भएको मितिले बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनुहोला। हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ,’ सूचनामा उल्लेख छ। डा. राउत नेतृत्वको जनमत पार्टी २०७५ फागुनमा सरकारसँग ११ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीति आएको थियो।
राउतसँगै अदालतले साबिकको रसुवाको ज्याम्तुङ गाविस–३ का रामकुमार तामाङलाई मानव ओसारपोसारको आरोपमा अदालतमा हाजिर हुन भनिएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar