१६ चैत्र,काठमाण्डौं – होलीको दिनमा पानी सोचेर रङमा एसिड मिसाएर छ्याप्दा काठमाण्डौंको साँखुमा एक किशोरीसहित ३ जना घाइते भएका छन्।
शंखरापुर नगरपालिका–१ चापाकोटमा पानी सोचेर एसिड छ्यापेपछि १६ वर्षीया किशोरीसहित ९ र ११ वर्षका बालक घाइते भएको महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० अशोक सिंहले जानकारी दिए।
एसएसपी सिंहका अनुसार घाइतेहरुको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। एसिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार जलेको एसएसपी सिंहले बताए। घाइतेहरू नविन ग्राम मावि शंकरापुरमा अध्ययनरत विद्यार्थी हुन्।
सोही घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय पवन पहाडी, १८ वर्षीय प्रकाश तामाङ र सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक ४४ वर्षीय केशव नेपाललाई प्रहरीले पक्राउ गरेको छ।
पानी भनेर एसिड छ्याप्ने २ जनालाई पक्राउ गरिएको एसएसपी सिंहले बताए।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar