२०७९ जेष्ठ ८, आईतबार
१६ चैत्र,काठमाण्डौं – चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आईपुगेको छ ।
बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याइएकाे खोपको उक्त मात्रालाई चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् ।
सिनोफार्मले विकास गरेको उक्त भेरासेल खोपलाई प्रयोगमा ल्याउन भने केही दिन लाग्ने जनाइएको छ । सरकारले आपतकालीन प्रयोगको अनुमति दिए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुमति दिइसकेको छैन । डब्लुएचओको अनुमतिपछि मात्र खोप प्रयोगमा ल्याइने भएको छ ।
चीनले दिएको यो खोप चारलाख जनालाई लगाउन पुग्नेछ । चीनको सिनोभ्याक बायोकेटले उत्पादन गरेको उक्त खोपलाई अक्सफोर्ड अस्ट्राजेनेकाले उत्पादन गरेको कोभिसिल्डजस्तै २ देखि ८ डिग्री सेल्सियम तापक्रममा भण्डारण गर्न सकिनेछ । यो खोप दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने जनाइएको छ । विभिन्न परिक्षणमा चिनियाँ खोप कोभिसिल्डभन्दा बढी प्रभावकारी देखिएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह