टोकियो – जापानको चिबा प्रिफेक्चरमा आइतबार बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराइमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९.२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।
गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar