१५ चैत्र,काठमाण्डौं – काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको पानी धारामा पठाउन सुरु गरेको छ।
आइतबार दिउँसो दुई बजेदेखि केयुकेएलले धारामा पानी छोडेको हो। स्रोतका अनुसार मीन भवन, अनामनगर, बाँसबारी, बालाजु र महाराजगञ्जस्थित रिजर्भ ट्यांकीमा पनि पानी चढाएर वितरण गरिने छ। नयाँ संरचना तयार भइनसकेको हुँदा पुरानै संरचनाबाट पानी पठाइएको उनले बताए। परीक्षण सफल भएपछि धारामा पानी पठाइएको हो।
पहिलो चरणमा चक्रपथभित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने उनले जानकारी दिए। उनका अनुसार पुरानै पाइपलाइनका १ लाख ८० हजार धारा र नयाँ संरचनाका २० हजार धारामा पानी पठाइने छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar