१५ चैत्र,काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भेटबार्ता भएको छ ।
आइतबार प्रधानमन्त्री सरकारी निवाश बालुवाटारमा भेटबार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच दुई घन्टा कुराकानी भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । न्यौपानेका अनुसार संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा ओली र सापकोटाबीच कुराकानी भएको छ ।
प्रतिनिधिसभा पुर्नर्स्थापित भए पनि संसदले बिजनेस नपाएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री र सभामुखबीच भेट भएको हो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar