२०८१ आश्विन २५, शुक्रबार
१५ चैत्र,एजेन्सी – विश्वकप छनौट चरणको खेल अन्तर्गत आइतबार बिहानै पोर्चुगल र सर्बियाबीच भएको खेल २ – २ गोलको बराबरीमा टुंगिएको छ।
पोर्चुगलले सुरुवाती २ गोल गर्दा सर्बियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। पोर्चुगलले खेलको ११ औं र ३६ औं मिनेटमा गोल गरेको थियो। दुवै गोल डिएगो जोटाले गरेका थिए। यस्तै सर्बियाका लागि ३६ औं मिनेटमा एलेक्सान्डर मिट्रोभिक र ६० औं मिनेटमा फिलिप कोस्टिकले गोल फर्काएका थिए।
Cristiano Ronaldo walked off the pitch before the final whistle at the end of the Serbia-Portugal game, and threw his captain's armband in frustration. pic.twitter.com/I2i9uwkPhM
— ESPN FC (@ESPNFC) March 27, 2021
त्यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। खेलमा ३ मिनेट थपिएको थियो। उक्त अतिरिक्त समयमा रोनाल्डोले खेल सकिनै लाग्दा उत्कृष्ट गोल गरेका थिए। तर उक्त गोलले मान्यता पाएन।
सो गोललाई अमान्य भन्ने कुनै कारण पनि छैन तर रेफ्रीले बलले पोस्ट लाइन कटेको नदेखेपछि त्यसले गोलको मान्यता नपाएको हो।
यो गोल हो या होइन भनेर भार प्रविधिको पनि प्रयोग गरिएको थिएन। आफूले गरेको स्पष्ट गोलले मान्यता नपाएपछि रोनाल्डोले मैदानमै क्याप्टेन ब्यान्ड फालेका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar