• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १५, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

२ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

२ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

२ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

२ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

२ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

२ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

३ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

३ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

३ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    १ महिना अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ५ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    १ महिना अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • काठमाडाैंका यी क्षेत्रमा आजबाट मेलम्चीको पानी

    Reporterप्रकाशित मिति: २०७७ चैत्र १५, आईतबार (१ साल अघि)
  • ७९४ पाठक संख्या
  • melamchi

    १५ चैत्र,काठमाण्डौं –  उपत्काका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ ।

    उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् ।

    अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उनले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ, विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।’

    पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ ।

    अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उनले भने, ‘त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।’

    आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ । कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको उनले बताए । उनले भने, ‘ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि बुभ्mन सक्नुहुन्छ ।’

    मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ । समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको शाक्यले जानकारी दिए । कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्यवसायी र आवश्यक सामग्री तयारी गरिएको छ । उनले भने, ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।’

    मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुई वर्षयता गति लिएको थियो ।

    विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

    खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौं उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।

  • subhayug
  • मेलम्ची
  • मेलम्चीको पानी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

  • ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

  • प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    २ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    २ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    २ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    २ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    २ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    २ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    ३ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    ३ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution