२०८१ आश्विन २८, सोमबार
१४ चैत,काठमाण्डौं – नेकपा एमालेका केन्द्रीय सदस्य डा. विजयकुमार पौडेलले पार्टी एकीकरणमा पुनः अगाडि नबढे केही महिना वा वर्षपछि केपी ओलीले नेतृत्व गरेको समूह पनि विभाजित हुनसक्ने बताएका छन् ।
नेकपा एमालेको झलनाथ खनाल – माधव कुमार नेपाल समूहको केन्द्रीय समितिका सदस्यहरुको विशेष भेलामा आफ्नो लिखित धारणा राख्दै पौडेलले गल्ती सच्याउन ढिला गर्न नहुनेमा जोड दिँदै यस्तो बताएका हुन् ।
डा. पौंडेलले पार्टीको नाम विवादको निहुँ बनाएर सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा उपर कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने गरी आएको राजनीतिक फैसलाको वर्गीय सार र कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने राष्ट्रिय – अन्तर्राष्ट्रिय रणनीतिको व्याख्या विश्लेषणतिर नलागी बिना कुनै कारण एकता भंग गरेर हिँड्नु गम्भीर त्रुटी भएको बताए । ‘त्रुटि सच्याउन हामी जति ढिलो गर्ने छौं, त्यति नै गम्भीर पथ विचलनको दलदलमा फस्दै जाने छौं, अवसरवादका नयाँनयाँ रुप र प्रवृतिका सिङ र जुरो हामी भित्रैबाट उठ्न थाल्ने छन् । गल्ति सुधार्न जतिजति ढिलो गर्दै जाने छौं, त्यति त्यति हाम्रो क्रान्तिकारी धार भुत्ते हुँदै जाने छ, हामी झन् ठूलो घेराबन्दीमा फँस्ने छौं’, पौडेलले भने ।
कम्युनिस्ट विरोधी देशी–विदेशी प्रतिक्रियावादीहको अहिलेको मूल रणनीति कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न बनाउनु भएको पनि उनको दावी छ । यसलाई असफल पार्ने भनेको सही धारमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनु भएको पौडेलको भनाइ छ । ‘बुझे हुन्छ, सही वैचारिक – सांगठनिक कार्यनीतिका साथ एकीकरणमा पुनः अगाडि नबढ्ने हो भने केही महिना वा वर्षपछि के।पी।ओलीले नेतृत्व गरेको समूह पनि विभाजित हुने छ’, उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar