२०७९ जेष्ठ ११, बुधबार
१४ चैत्र,काठमाण्डौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड भएको छ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो। आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए। यो संख्या हालसम्मकै उच्च हो।
केही दोहोरो आवेदन परेकाले रद्द भएको छ, केहीको बैंकबाटै भेरिफाइड भएन। १७ लाख ९७ हजार ८३३ आवेदक मात्रै भेरिफाइड भएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
रद्द भएकासहित १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको छ। जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो। अर्थात कुल आवेकदमध्ये ३२.२४ प्रतिशतले सेयर पाएका छन्। अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका हुन्।
नतिजा आइपिओ रिजल्ट डट् सिडिएससी डट् कम डट् एनपी मार्फत हेर्न सकिनेछ। ज्योति लाइफ इन्स्योरेन्स पछिबाट खुलेको नयाँ बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह