२०८१ आश्विन २८, सोमबार
५ चैत्र,काठमाण्डौं – प्रतिनिधिसभा बैठक भोलि (शुक्रबार) पनि बस्ने भएको छ ।
संघीय संसद महासचिव डा. भरतराज गौतमले आज एक सार्वजनिक सुचना जारी गर्दै भोली प्रतिनिधिसभा बैठक बस्ने जानकारी गराएका हुन् । महासचिव डा. गौतमका अनुसार उक्त बैठकको सम्भावित कार्यसूची तय भएर आज सार्वजनिक भएको हो । त्यस्तै बैठक भोलि (शुक्रबार) दिनको ठिक एक बजे बस्ने छ ।
भोलि बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७६ र ०७७ को वार्षिक प्रतिवेदनसमेत पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
साथै, सभामुख अग्निप्रसाद सापकोटाले पनि पूर्व राष्ट्रियसभा सदस्य एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा जनाइएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि हालसम्म तीनवटा बैठक बसेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar