२०७९ जेष्ठ ४, बुधबार
२ चैत,काठमाण्डौ – गायिका इन्दिरा शाह ‘युनिक’ र हरि गिरि बिमर्शीको स्वरमा नयाँ गीत ‘हातमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । लोक फ्लेवरको डासिन्सङ उक्त गीतको भिडियोमा चक्र बम र यांग्शु श्रेष्ठको अभिनय रहेको छ ।
सार्वजनिक गीतमा हरि गिरी बिमर्शीकै शब्द तथा संगीत रहेको छ । उक्त गीतमा संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । वान डिबी स्टुडियोमा रेर्कर्डिङ गरिउको यस गीतलाई एचबिएन किस्मतले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियोमा चक्र र यांग्शुको रोमान्सलाई समेटिएको छ । भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् । यस गीतबाट आफू निकै आशावादी रहेको गायिका इन्दिराले बताइन् । उनले भनिन्, ‘यसपटक डान्सिङ बीटको गीत ल्याएकी छु, श्रोता तथा दर्शकले रुचाइदिनु हुन्छ भन्नेमा अपेक्षित छु ।’
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह