• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

४ घण्टा अघि
२

बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

४ घण्टा अघि
३

को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

४ घण्टा अघि
४

डिभिजन वन कार्यालय धादिङको अनुरोध

२ दिन अघि
५

पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)

३ दिन अघि
६

एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस

३ दिन अघि
७

माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

४ दिन अघि
८

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने

४ दिन अघि
९

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

५ दिन अघि
१०

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

५ दिन अघि
११

दोहोरो अंक बढ्यो सेयर बजार

५ दिन अघि
१२

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    २ हफ्ता अघि
  • Galaxy tv no sallery ४

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ५

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १ हफ्ता अघि
  • trisuli nadi badh ६

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    ३ हफ्ता अघि
  • classic news subhayug ७

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

    १ हफ्ता अघि
  • salikram bhote ८

    मुख्यमन्त्रीको बिश्वासको मतबारे बागमतीमा काँग्रेस र समाजवादीको आपत्ती : जमकट्टेलले छलफल नै नगरेको आरोप

    १ हफ्ता अघि
  • subash-nembang ९

    संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    १ महिना अघि
  • bhanu park dhading १०

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

    २ हफ्ता अघि
  • आर्थिक समृद्धिका लागि एभोकाडो खेती

    Reporterप्रकाशित मिति: २०७७ फागुन २९, शनिबार (२ साल अघि)
  • १२१५ पाठक संख्या
  • kb basnet

    केबी बस्नेत

    यहाँ प्रत्येक वर्ष फलफूलको खपत बढे पनि उत्पादन भने खासै बढेको छैन । यहाँको स्वदेशी फलफूल उत्पादन अपर्याप्त भएकाले प्रत्येक वर्ष भारत र चीनबाट प्रचुर मात्रामा आयात गरिन्छ । फलफूलमा नेपालको परनिर्भरता बढिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चिया, कफी, अलैँची, सुपारी, केरा, कागती आदिको उत्पादनमा जोड दिएको छ । तर, अन्य फलफूलको खेतीमा खासै ध्यान दिएको देखिँदैन ।

    नेपाल कृषि प्रधान देश भए पनि फलपूmलको खेती त्यति फष्टाउन सकेको छैन । तर, केही वर्षयता यहाँका केही जिल्लामा नयाँ किसिमका फलफूल खेती गर्ने प्रवृत्ति बढेको छ जसमध्ये एभोकाडो खेती पनि एक हो । नेपालमा घिउ फलको नामले चिनिने एभोकाडो मेक्सिको र अमेरिकाबाट भित्रिएको अनुमान छ । यो फलको खेती ५ सयदेखि १७ सय मिटर सम्मको उचाइमा उष्ण र समशीतोष्ण हावापानी भएको ठाउँमा गर्न सकिन्छ ।

    मंसिर, पुस र माघबाहेक अरू महिनामा रोप्न सकिने यो फलको बिरुवा एकपटक रोपेपछि धेरै वर्षसम्म निरन्तर रूपले फल दिइरहन्छ । यसको खेती खासगरी तुषारो नपर्ने र हावा नलाग्ने ठाउँमा गरिन्छ । यो फलको बिरुवा रोपेको ४ देखि ६ वर्षभित्र उत्पादन सुरु हुन्छ । नाम नै घिउ फल हुनाले यस फलको बाहिरको पातलो बोक्रा निकालेपछि भित्रको गेडा वरिपरि रहेको घिउ वा क्रिमजस्तो सेतो भागलाई दूध वा दहीमा मिसाएर खान सकिन्छ । यो बाहेक यसलाई पाउरोटीमा मिसाएर पनि खान सकिन्छ । आजकाल केहीतारे होटलहरूमा यो फलको भित्री सेतो भागलाई खासगरी मेवा, गाजर र केरासँग मिसाएर सेवन गर्ने चलन निकै बढेको छ । यसले प्रत्येकको स्वास्थ्यमा निकै फाइदा गर्छ ।

    यो फलमा भिटामिन, प्रोटिन, खनिज, फसफोरस, क्यालसियम र चिल्लो पदार्थ हुनाले स्वास्थ्यवद्र्धक हुन्छ । त्यसैले विदेशीहरूले यसलाई धेरै रुचाउँछन् र यसका उपभोक्ताहरू पनि दिनप्रतिदिन बढिरहेका छन् । यो फलको धेरै गुण भए पनि महँगो छ । यस्तो हुनुमा मुख्यतया यसको बजारको प्रतिस्पर्धा हुन नसक्नु र निश्चित ठाउँमा निश्चित ग्राहकहरू मात्र हुनाले हो । यसैले आजसम्म पनि एभोकाडोको बजार धेरैजसो देशहरूमा व्यावसायिक बन्न सकेको छैन । एभोकाडोको बोट हेर्दा राम्रो देखिन्छ । यसले वातावरणलाई स्वच्छ बनाउँछ । यसको बोट हरियो, ठूलो पात भएको र फल हरियो तथा लामो हुने भएकोले सजिलैसँग चिन्न सकिन्छ । यसको बोट ठूलो भए पनि जरा धेरै तलसम्म नफैलिने हुँदा हावाहुरीले ढल्ने धेरै सम्भावना हुन्छ ।

    यसको खेतीगर्दा एक बोटबाट अर्को बोटको दुरी आठ मिटर हुन उपयुक्त हुन्छ । यसको प्रत्येक बोटबाट सरदर ३० देखि सय किलोग्रामसम्म फल फल्छ । नेपालमा १ लाख १९ हजार १ सय १४ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिन्छ भने सरदर १० लाख ९६ हजार ६ सय ७४ मेट्रिक टन फलफूल उत्पादन गरिन्छ । तर यहाँ ९ हजार २ सय ६ किलो फलफूल प्रति हेक्टर उत्पादन भएको अनुमान छ । यहाँको कुलगार्हस्थ्य उतपादनमा फलफूल तथा मसला बालीको योगदान ७ दशमलव शून्य ६ प्रतिशत छ । जुन अरू देशको तुलनामा निकै कम छ ।

    यहाँ प्रत्येक वर्ष फलफूलको खपत बढे पनि उत्पादन भने खासै बढेको छैन । यहाँको स्वदेशी फलफूल उत्पादन अपर्याप्त भएकाले प्रत्येक वर्ष भारत र चीनबाट प्रचुर मात्रामा आयात गरिन्छ । फलफूलमा नेपालको परनिर्भरता बढिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चिया, कफी, अलैँची, सुपारी, केरा, कागती आदिको उत्पादनमा जोड दिएको छ । तर, अन्य फलफूलको खेतीमा खासै ध्यान दिएको देखिँदैन । वस्तुतःयहाँका धेरैजासो कृषकहरूलाई एभोकाडोको खेतीबारे राम्रो ज्ञान छैन । कहीवर्ष अघिसम्म यहाँका ग्रामीण क्षेत्रका केही घरमा सौखका लागि एक–दुई बोट रोपिन्थ्यो । परन्तु हाल व्यावसायिक भविष्य देखेका केही कृषकहरू उक्त फलको खेतीगर्न आकर्षित भएका छन् । थोरै मिहिनेत गरेर धेरै आम्दानी गर्न सकिने भएकाले हालसालै पूर्वी नेपालका केही कृषकहरू उक्त फलको खेती गर्न तम्सेका छन् ।

    वर्तमान समयमा एभोकाडोको खेती खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धनकुटा र सर्लाहीका ग्रामीण क्षेत्रहरूमा हुन थालेको छ । यद्यपि उक्त खेतीले व्यापक रूप लिनभने सकेको छैन । एभोकाडोको मूल्य धेरै हुनाले यहाँका धेरैजसो उपभोक्ताहरू यसको सेवन गर्न त्यति आकर्षित छैनन् । हाल यसको बजार खासगरी काठमाडौं, ललितपुर, धनकुटा र सर्लाहीमा सीमित छ । यथार्थतः एभोकाडोको खेतीका लागि यहाँको हावापानी उपयुक्त छ । यसैले केही समय यता यसको खेती विभिन्न ठाउँमा गर्न थालिएको छ । यसको खेती भिर पाखामा पनि गर्न सकिन्छ । त्यसैले यसको खेतीबाट एकातिर यहाँको बाँझो तथा खेर गएको जग्गा उपभोग गर्न सकिन्छ भने अर्कोतिर कृषकहरूको आयआर्जन बढाउन पनि सघाउ पुग्नेछ ।

    हाल यहाँ एभोकाडोको माग निकै नै कम छ । परन्तु यसको माग क्रमिक रूपले बढिरहेकोले आगामी दिनहरूमा यसको खेतीका लागि सरकारले बिउ, बेर्ना तथा अन्य आवश्यक सामग्रीहरूको उचित व्यवस्थापन गर्नसके धेरै कृषकहरू आकर्षित हुनेछन् र यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । हालको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले निर्देशित कर्जा प्रवाहमा विशेष जोड दिएको छ । विशेषतः उत्पादनमूलक मानिएका क्षेत्रमा लगानी बढाउन बैंकहरूलाई बाध्यकारी बनाइएको छ ।

    कृषि कर्जामा वाणिज्य बैंकहरूले ०८० असारसम्म कुलकर्जाको कम्तीमा १५ प्रतिशत र विकास बैंक तथा वित्तकम्पनीहरूले भने कृषि तथा अन्य क्षेत्रहरूमा क्रमश २० र १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यो बाहेक एभोकाडोलगायत अन्य व्यवसायिक फलफूल खेतीमा भएको कर्जाको नोक्सानी कम गरिने भएको छ । यस्तो कर्जाको नोक्सानी कम गर्नुपरे पहिलो वर्ष शून्य दशमलव दुई प्रतिशत र दोस्रो वर्ष शून्य दशमलब ६ प्रतिशत नोक्सान व्यवस्था गर्नुपर्ने भएको छ । यसबाट एभोकाडो खेतीमा प्रवद्र्धन हुनेछ र आर्थिक समृद्धिमा सघाउ पुग्नेछ ।

  • subhayug
  • एभोकाडो खेती
  • केबी बस्नेत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

  • बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

  • डिभिजन वन कार्यालय धादिङको अनुरोध


  • समाचार
  • १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु
    ४ घण्टा अघि

  • २

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !
    ४ घण्टा अघि

  • ३

    को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र
    ४ घण्टा अघि

  • ४

    डिभिजन वन कार्यालय धादिङको अनुरोध
    २ दिन अघि

  • ५

    पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)
    ३ दिन अघि

  • ६

    एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस
    ३ दिन अघि

  • ७

    माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश
    ४ दिन अघि

  • ८

    सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने
    ४ दिन अघि

  • ९

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ५ दिन अघि

  • १०

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

    subhayug
    २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    ३

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ४

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution