• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

१० घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

१० घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

१० घण्टा अघि
४

सेयर बजार राताम्मे

१० घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

१० घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

११ घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

११ घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

११ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

११ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

१२ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

१२ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • केपी ओलीका कारण एमालेभित्र चर्कियो रडाको : समानान्तर कमिटी बनाउने नेपाल समुहको घोषणा

    Reporterप्रकाशित मिति: २०७७ फागुन २९, शनिबार (२ साल अघि)
  • ९०७ पाठक संख्या
  • kp oli n madhav nepal

    २९ फागुन,काठमाण्डौं – पुनःस्थापित नेकपा एमाले नेकपाजस्तै चर्को विवादमा फसेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आकस्मिक रुपमा पार्टीका संरचनामा व्यापक फेरबदल गरेपछि विवाद देखिने गरी सतहमा आएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा माधव नेपाल पक्षलाई थाहा नै नदिई बसेको केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेको छ । नेपाल पक्षको सहमति नलिकन निर्वाचित पदाधिकारीको पद खारेज गर्दै महाधिवेशन आयोजक समिति बनाउने पुरानै निर्णयलाई अघि बढाउने भएको हो । एमालेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक समिति बनाएसँगै अध्यक्ष, महासचिव र सदस्यबाहेकका सबै पद खारेज भएको छ ।

    एमाले महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाउने, महाधिवेशन गर्ने भन्ने पहिलेकै निर्णय भएको बताउदै मंसिर २ देखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने भन्ने प्रस्ताव गरेको बताए । केन्द्रीय कमिटीको बैठक चैत ७ गते हुने र विधान संशोधन गरेर बाधा अड्काउ फुकाउ गरिने बताए । ‘त्यो बाधा अड्काउ फुकाउका लागि निश्चित विधानका प्रावधानहरूलाई बाधा अड्काउ फुकाउने गरी गरिएको छ । त्यो भनेको आयोजक कमिटी बनाउने’, उनले भने, ‘त्यो आयोजक कमिटीमा अध्यक्ष महासचिव त रहने भए आवश्यकताअनुसार अन्य पदाधिकारी पनि राख्न सकिने भन्ने खालको कुरा हो । आयोजक कमिटी औपचारिक घोषणा भइसककेको छैन । तर बनाउने भन्ने विधानमा संशोधन गरिएको छ ।’

    महाधिवेशन आयोजक समिति बनेसँगै पद खोसिनेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै रहेका छन् । ओली पक्षका नेताहरु केही परेपनि अधिकाशं भने नेपाल पक्षका नै रहेका छन् । पार्टी प्रवक्ताको जिम्मेवारी भने परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीपकुमार ज्ञवालीले पाएका छन् । पार्टी प्रवक्तामा चयन भएका ज्ञवालीले नवौं महाधिवेशनबाट निर्वाचित कुनैपनि पद खारेज नभएको बताएका छन् । महाधिवेशन आयोजक समिति गठन गर्दा पदाधिकारी नरहने भए पनि अहिलेसम्म सबै पदाधिकारी यथावत् रहेको ज्ञवालीले एक वक्तब्य नै जारी गरेर जानकारी दिएका हुन् ।

    माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन गर्न केही निर्णय भएको छ । तर, सबै निर्वाचित कमिटी भंग नगरिएको उनले स्पष्ट पारेका छन् । ‘महासचिवले आह्वान गर्नु भएको केन्द्रीय कमिटी बैठक नेकपा एमाले पुनः स्थापनापछिको विशेष बैठक हो’, प्रवक्ता ज्ञवालीले भने, ‘यो २०७५ जेठ ३ गते अघिको एमाले होइन, यो नयाँ एमाले हो । यसमा एकता प्रक्रियामा आएका कमरेडहरूलाई व्यवस्थापन गर्न आवश्यक छ ।’

    नियमित बैठकमा जानुअघि विशेष बैठक गर्नुपर्ने बाध्यता थियो । माओवादी केन्द्र छाडेका नेताहरुलाई पनि संगै लैजान पर्ने अवस्था रहेकोले यो विशेष बैठक बोलाएर सहज गरेको पनि उनले बताए । आगामी दिनमा नियमित बैठक बसेर कैयन निर्णयको अनुमोदन गर्न आवश्यक रहेको उनले बक्तब्यमा उल्लेख छ । बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि थप केही संगठनात्मक प्रबन्धहरु गर्ने निर्णय गर्दै अर्को निर्णय नहुँदासम्म मातहतका कमिटीहरूलाई पूर्ववत् क्रियाशील रहन आह्वान गरेको छ । ‘बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि थप केही संगठनात्मक प्रबन्धहरु गर्ने निर्णय गर्दै अर्को निर्णय नहुँदासम्म मातहतका कमिटीहरुलाई पूर्ववत् क्रियशील रहन आव्हान गरेको छ’ विज्ञप्तीमा भनिएको छ ।

    केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरि सत्तरी वर्षे उमेर हद लगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ । सत्तरी वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघिनै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको प्रवक्ता ज्ञवालीले बताए । पार्टी एकीकरण गरी नेकपा बनेका बेला कायम ४३५ सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गरेको छ ।

    त्यस्तै बैठकले महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायतका कतिपय पश्नमा विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकुल बनाउन वाधा अड्काउ फुकाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । ‘पार्टी महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायत कतिपय प्रश्नमा नवौं महाधिवेशनबाट पारित विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन बाधा अड्काउ फुकाउने पनि निर्णय गरेको छ’, विज्ञप्तीमा भनिएको छ ।

    बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन दिएको छ । बैठकले निर्वाचन आयोगले १५ दिनभित्र एकता गर्नका लागि दिएको समयमा भने अब पार्टी एकीकरणको सम्भावना नरहेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ । ‘सबै पक्षसँग खुल्ला संवाद र छलफल गर्दै कम्युनिष्ट आन्दोलनलाई उचित र सही वैचारिक तथा संगठनात्मक आधारमा एकतावद्ध बनाउने प्रयाश जारी राख्ने निर्णय गर्दै निर्वाचन आयोगले दिएको १५ दिनको समयसीमाभित्र भने पार्टी एकीकरणको संभावना नरहेको निष्कर्ष निकालेको छ’, ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

    बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ । बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, दावा लामा, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, चन्द्रबहादुर खड्का रहेका छन् । यसरी जिम्मेवारी पाउनेमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरू रहेका छन् ।

    यसैबीच, उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कओलीसँग मिल्ने सम्भावना सकिएको बताएका छन् । यस्तै उनले ओलीसँगै जाने सम्भावना पनि नरहेको बताएका छन् । ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, गौतमले शुक्रबार भने । उपाध्यक्ष गौतमले ओलीले शुक्रबार बैठक राखेर गरेका एकपक्षीय निर्णयप्रति असहमति राख्दै यस्तो बताएका हुन् ।

    समानान्तर कमिटी बनाउने घोषणा

    एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले अध्यक्ष ओलीको एकलौटी निर्णयलाई काउन्टर गर्दै समानान्तर कमिटी बनाउने घोषणा गरेका छन् ।

    शुक्रबार दिउसो थाहा नै नदिई गरेको विशेष केन्द्रीय कमिटीको बैठकपछि बसेको सो समुहको स्थायी कमिटी बैठकले ओलीको कार्यको संगठनात्मक प्रतिकार गर्ने निर्णय गरेको हो । वरिष्ठ नेता खनाल र नेपाल समूहले शुक्रबार साँझ आकस्मिक स्थायी कमिटी बैठक बोलाएर भावी रणनीति तय गरेका थिए । बानेश्वरस्थित एक होटलमा बसेको बैठकले विधान विपरित आएको केपी ओलीको निर्णय मान्न नसकिने भन्दै समानान्तर कमिटी बनाएर प्रतिकारमा उत्रने निर्णय गरेको नेता बेदुराम भुषालले जानकारी दिए ।

    शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको उनले बताए । ‘जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ उनले भने, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो ।’ ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको दाबी छ । यस विषयमा थप छलफलका लागि केन्द्रीय कमिटी र सांसदहरुको छलफल राखिएको भुसालले जानकारी दिए । समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी रहेको सो समुहका एक नेताले जानकारी दिए ।

    सो पक्षका नेता भीम रावलले ओलीको कदमलाई प्रतिवाद गरेर अघि जाने निष्कर्ष निकालिएको बताए । ‘नेकपा एमालेका देशभरिका सम्पूर्ण कार्यकर्ताहरू, जसले नेकपा एमालेमा दशकौं रगत पसिना बगाउनु भएको छ, उहाँहरूलाई स्वेच्छाचारी कामको विरोध गर्न आह्वान गर्नुपर्छ’, रावलले भने, ‘हामीले यो अनाधिकृत, गुटगत, स्वेच्छाचारी र विधानविपरीत काम अस्वीकार गर्छौं । नयाँ ढंगबाट अघि बढ्ने हिसाबले छलफल गरेका छौं ।’

    नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न ओली लागिपरेको आरोप सो समुहले लगाएको छ । ‘ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी गर्न खोज्नुभएको छ । अब हामीले समाजवादको परिकल्पना गरेका सम्पूर्ण नेता कार्यकर्तालाई एकताबद्ध गरेर अघि लैजान्छौं’, उनले भने । ओलीले पार्टीमा निर्लज्ज र अनैतिक मान्छेहरू हुलेको भन्दै आक्रोश समेत पोखेको छ । ‘जो व्यक्ति थपिन आएका छन्, निर्लज्ज र अनैतिक मान्छेलाई हुल्नका लागि गुटको बैठक बसेर पार्टीलाई धरासायी गराउने काम भएको छ’, बैठकमा आएका कुरा उदृत गर्दै रावलले भने ।

  • subhayug
  • अध्यक्ष केपी शर्मा ओली
  • नेकपा एमाले
  • नेकपा माओवादी केन्द्र
  • बरिष्ठ नेता
  • माधव नेपाल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    १० घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    १० घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    १० घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    १० घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    १० घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    ११ घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    ११ घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    ११ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    ११ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution