२०८० आश्विन ५, शुक्रबार
२८ फागुन,काठमाण्डौं – चर्चित अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेजले संगीतबाट सन्यास लिने सोच बनाएको बताएकी छन् ।
गोमेजले भोग म्यागेजिनसँगको कुराकानीमा सांगीतिक क्षेत्रबाट सन्यास लिने बताएकी हुन् । अप्रिल महिनाको भोग कभर फोटोको लागि गोमेज छनोट भएकी छन् । उनले उक्त म्यागेजिनसँग कुराकानीका क्रममा भनेकी छन्, ‘जब मानिसले तपाइँलाई गम्भीर रुपमा लिँदैनन् तब संगीत गर्न गाह्रो हुन्छ ।
मेरा जीवनमा त्यस्ता धेरै क्षण आएका छन् । जतिबेला मैले संगीत किन गरिरहेको छु, के कारणले गरिरहेको छु भन्ने आफ्नै प्रश्नको सामना गरेको छु ।’ उनले आफूले गाएका गीतमध्ये सबैभन्दा मनपर्ने ‘लुज यु टु लभ मि’ भएको सुनाएकी छन् । यो गीतका प्रशंसक धेरै रहेका छन् । यद्यपि यो गीत धेरैले राम्रो नभएको प्रतिक्रिया पनि दिइरहेका छन् ।
गायिका गोमेजले भनिन्, ‘मैले निकाल्ने अर्को एल्बम फरक हुनेछ । मैले संगीतबाट सन्यास लिनुअघि अन्तिम प्रयास गर्न चाहन्छु ।’ उनी क्यानडाका चर्चित गायक जस्टिन बिबरका पूर्वप्रेमिकासमेत हुन् । हाल जस्टिनले विवाह गरिसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar