२८ फागुन,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी नेपालमा आँधी बेहेरी सिर्जना गर्नुपर्ने हुन सक्ने बताएका छन् ।
शुक्रवार दलित पत्रकार संघले बुटवलमा आयोजना गरेको कार्यक्रमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको परिवर्तन उल्टाउन षड्यन्त्र भइरहेको भन्दै परिवर्तन रक्षाका लागि फेरी आन्दोलनको आँधी बेहेरी ल्याउनुपर्ने हुन सक्ने बताएका हुन् । उनले देशलाई तानाशाही तर्फ लैजाने वातावरण आयो भने आन्दोलित हुनुपर्ने स्थिती आउने भन्दै प्रचण्डले सबैलाई तयार रहन पनि अपिल गरे । अध्यक्ष प्रचण्डले आन्दोलनको कुरा गरिरहँदा हिंसामा जाने कुरा नगरेको भन्दै शन्तिपूर्ण आन्दोलनमा उत्रनुपर्ने पनि स्पष्ट पारे ।
अहिलेको परिवर्तनलाई उल्टाउने निकै ठूलो षड्यन्त्र भएको उनले बताए । उनले भने, अहिलेको परिवर्तनलाई उल्टाउने निकै ठूलो षड्यन्त्र भएको छ यो साँचो कुरा हो । परिवर्तनलाई उल्टाउनका लागि आफूमाथि घेराबन्दी भएको पनि उनले बताए । उनले भने, अहिलेको परिवर्तन उल्टाउन म माथि घेराबन्दी भइराखेको महशुस भएको छ । गणतन्त्र, संघियता र परिवर्तनलाई उल्टाउनका लागि भित्री र बाहिरी शक्ति मिलेर परिवर्तनलाई उल्टाउने कसरतमा छन् ।
अहिलेको परिवर्तन माँस्न खोज्नु देशमा अनिष्ट हुने संकेत भएको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar