२०७९ श्रावण २९, आईतबार
२६ फागुन, काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः पार्टीको सभापति हुने तयारीमा रहेको बताएका छन्।
कांग्रेस निकट आदिवासी जनजाती नेताहरूसँग आफ्नै निवास बुढानिलकण्ठमा भेट्दै देउवाले पुनः सभापति हुने एक मात्रै उद्देश्य भएको बताएका हुन्।
उनले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन्। ‘कम्युनिस्टहरुको भरै हुँदैन, त्यसैलै प्रधानमन्त्री पदसँग मतलब छैन। सभापति हुने हो,’ देउवाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने।
कम्युनिस्टहरुको सहयोगमा प्रधानमन्त्री बने पनि एकाध महिनामा हटाउने खेल खेल्ने भन्दै देउवाले कम्युनिस्टको भर नभएको बताएका हुन्।
मंगलबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र सत्ता साझेदारी गर्न प्रस्ताव राखेका थिए।
जवाफमा देउवाले साथीहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar