२०८१ आश्विन २८, सोमबार
२५ फागुन, धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका १० तिङग्राङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
रुपेन्देहीबाट काठमाडौं आउँदै गरेको सिमेन्ट बोको लु १ ख ७७६२ नं को ट्रक पृथ्वीराजमार्ग बेनिघाट रोराङ गाउँपालिका १० स्थित तिङग्राङखानीबाट अन्दाजी ३० मिटर तल त्रिशुली नदिमा खसेको हो । ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेका अनुसार २ जनाको मृत्यु भएको छ ।
प्रहरी निरिक्षक पाण्डेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नाला घर भएका ४५ वर्षीय ट्रकका चालक बिष्णु घिमिरे र सोही ठाउँ बस्ने ट्रकका सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन् ।
अहिले ईलाका प्रहरी कार्यलय गजुरी, प्रहरी चौकी जोगिमारा र शशस्त्र प्रहरी बलद्वारा खटिगएको टोलीले सबलाई पोस्ट्रमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याईएको समेत प्रहरी निरिक्षक पाण्डेले जनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar