२०८१ आश्विन २०, आईतबार
२४ फागुन,काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक चलिरहँदा स्थायी कमिटी सदस्य घनश्याम भुसाल बैठकबाट बाहिरिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ४ बजेबाट प्रचण्ड – नेपाल समूहको कमिटी बैठक शुरु भएको थियो । तर बैठक शुरु भएको केहीबेरमै भुसाल बैठकबाट बाहिरिएका हुन् । भुसाल किन निस्किए भन्ने जानकारी आइसकेको छैन । उनले त्यसबारे प्रतिक्रिया दिन समेत इन्कार गरेको स्रोतले जनाएको छ । यद्यपी बैठक भने अहिले पनि जारी नै छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकताबारे आइतवार सर्वोच्च अदालतले गरेको निर्णयबारे छलफल गर्न प्रचण्ड – नेपाल पक्षको बैठक बसेको हो ।
त्यस्तै आजै बानेश्वरमा बसेको माधव कुमार नेपाल निकटका पूर्वएमालेका नेताहरुको बैठकले पनि पुरानै पार्टीमा फर्किएर केपी ओलीविरुद्ध संघर्ष गर्ने बताएका छन् । त्यस्तै उक्त बैठकले दल विहीन भएको अवस्थामा एमालेमा फर्किएर प्रधानमन्त्री ओलीविरुद्ध शसक्त संघर्ष गर्ने निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar