२०७९ जेष्ठ ११, बुधबार
२४ फागुन,काठमाण्डौ – पुष्पकमल दाहाल प्रचण्ड – माधव नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरु पुरानै पार्टीमा फर्किने भएका छन् ।
सोमबार बानेश्वरमा बसेको माधव कुमार नेपाल निकटका पूर्वएमालेका नेताहरुको बैठकले पुरानै पार्टीमा फर्किएर केपी ओलीविरुद्ध संघर्ष गर्ने बताएका हुन् । त्यस्तै उक्त बैठकले दल विहीन भएको अवस्थामा एमालेमा फर्किएर संघर्ष गर्ने निर्णयमा पुगेका हुन् ।
बैठकले सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै एमालेभित्र रहेर संघर्ष गर्ने निर्णय गरेको नेता नेपाल निकट श्रोतले बतायो ।एमाले आफूहरुले बनाएको पार्टी भएकाले जस्तो परिस्थिति आए पनि सामना गरेर अघि बढ्ने निष्कर्षमा नेताहरु पुगेका हुन् ।
बैठकमा माधव नेपालसहित भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, झलनाथ खनालसहित १३ जना स्थायी कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह