• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ १६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली subhayug.com धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

९ घण्टा अघि
२

नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

९ घण्टा अघि
३

झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

१० घण्टा अघि
४

सेयर बजार राताम्मे

१० घण्टा अघि
५

Why Traditional Dating Will Always Overcome Away Algorithms

१० घण्टा अघि
६

‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली

१० घण्टा अघि
७

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी

१० घण्टा अघि
८

अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने

११ घण्टा अघि
९

The Must-Know Tips For an incredible Union

११ घण्टा अघि
१०

महोत्तरीको एनएमबि बैँकमा लुटपाट

११ घण्टा अघि
११

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्छुः प्रधानमन्त्री

११ घण्टा अघि
१२

नेटफ्लिक्समा पासवर्ड सेयरिङ सुविधा बन्द, पासवर्ड सेयर गर्नुपरे अतिरिक्त शुल्क लाग्ने

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    १ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    १ हफ्ता अघि
  • tek narayan pande ३

    भुटानी शरणार्थी प्रकरण : पक्राउ पर्नुअघि नै पूर्व गृहसचिव पाण्डेले मोबाइल फर्म्याट गरेको खुलाशा

    ३ हफ्ता अघि
  • top ४

    एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ : प्रहरीले गोप्य राख्यो सुचना

    ३ हफ्ता अघि
  • EPS-korea-nepal ५

    ईपीएसमार्फत कोरिया जाँदा बढी भाडा तिर्नुभो ? अव एसरी गर्नुहोस् उजुरी !

    ३ हफ्ता अघि
  • nepse ६

    नेप्से निरन्तर घट्दो : कारोबार खुम्चियो

    ३ हफ्ता अघि
  • simrik heli crash ७

    सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

    ३ हफ्ता अघि
  • bhutani saranarthi ८

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    ६ दिन अघि
  • rajendra silwal ghayal ९

    सलाङघाट

    १ हफ्ता अघि
  • kp oli rajesh १०

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    ६ दिन अघि
  • निर्वाचन आयोगद्धारा पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी पठाउने तयारी : यस्तो छ चिठिमा खुलाईएको विषय

    Reporterप्रकाशित मिति: २०७७ फागुन २४, सोमबार (२ साल अघि)
  • ४६०३ पाठक संख्या
  • nirwachan aayog logo party

    २४ फागुन, काठमाण्डौं – सर्वोच्च अदालतले तत्कालीन (नेकपा – एमाले) र (नेकपा – माओवादी केन्द्र)बीच २०७५ जेठ ३ गते भएको एकीकरण नै खारेज गरिदिएपछि अब निर्वाचन आयोगले ती दुई पार्टीलाई ब्युँताउनु पर्ने भएको छ।

    आइतबार सर्वोच्चले आदेश दिएको केही घन्टामै उक्त फैसला आयोगमा पुगेको र दर्ता भइसकेको आयोगले जानकारी दिएको छ। फैसला दर्ता भएसँगै निर्वाचन आयोगले पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउने प्रक्रिया पनि थाल्ने भएको छ।

    सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको विदा परेकाले यो प्रक्रिया मंगलबारदेखि सुरू हुनेछ। सर्वोच्चको आदेशअनुसार पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउन आयोगमा ती नाम खाली हुनुपर्छ। अहिले नेकपा एमाले र माओवादी केन्द्र अर्कैका नाममा दर्ता भएकाले पूर्वएमाले र माओवादी केन्द्रलाई ब्युँताउन अहिले दर्ता भएका पार्टीको नाम परिवर्तन गर्नु पर्नेछ।  आयोग उच्च स्रोतका अनुसार अहिले ती पार्टी आफ्नो नाममा दर्ता गरेका र पूर्वएमाले र माओवादी केन्द्रलाई मंगलबार नै पत्र पठाउने तयारी छ।

    ‘भोलि चारवटै पार्टीलाई सर्वोच्चको फैसला कार्यान्वयन गर्नु पर्ने भयो भनेर पत्र पठाउँछौं,’स्रोतले भन्यो। आयोगले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई तपाईंहरूको दल फेरि दर्ता गर्नु पर्ने भएकाले अभिलेखसहित आउनू भन्दै पत्र पठाउने भएको छ। त्यस्तै गोपाल किराँतीलाई तपाईंको पार्टीको नाम र चुनाव चिन्ह गोलाकारभित्र हसियाँ हथौडा अर्को पार्टीसँग मिलेकाले परिवर्तन गर्नुपर्नेु र सन्ध्या तिवारीलाई नाममात्रै अर्को पार्टीसँग मिलेकाले परिवर्तन गर्नुपर्ने भन्दै पत्र पठाउने छ। तिवारीले आफ्नो नाममा नेकपा एमाले दर्ता गरेकी छन् तर उनको चुनाव चिन्ह उदाउँदै गरेको सूर्य छ।

    यो प्रक्रिया सुरू भएपछि पनि केपी शर्मा ओली नेतृत्वको पूर्वएमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्वमाओवादी केन्द्र सहजै ब्युँतिने सम्भावना भने कम छ। किनकी निर्वाचन आयोगले आफ्नो पार्टी खारेज गरिदिन लागेको भन्दै तिवारी र किराँतीमध्ये एक जना सर्वोच्च अदालत जान सक्छन्।

    राष्ट्रिय सभाका सांसद तथा अधिवक्ता रामनारायण बिडारीका अनुसार नेपालको संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भइसकेका कुनै राजनीतिक दलको दर्ता खारेज गर्न पाइँदैन। संविधानको त्यही मर्मअनुसार तिवारी र किराँतीमध्ये एक जनाले अदालतको ढोका ढक्ढक्याए भने पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिने र नब्युँतिने कुरा फेरि सर्वोच्चको फैसलामा भर पर्नेछ।

    आयोगलाई दुई पूराना पार्टी ब्युँताउन अर्को पनि समस्या छ नेकपाको नामबाट राष्ट्रिय सभा, प्रतिनिधि सभा र स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई के गर्ने ? अहिले राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, प्रतिनिधि सभा सांसद विद्या भट्टराईलगायत १७ सांसदसहित ४६ जना जनप्रतिनिधि नेकपाको नामबाट चुनाव जितेर आएका छन्। पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिए भने उनीहरू दलविहीन हुनुपर्छ।

    उनीहरूको हैसियत अब के हुन्छ भन्नेबारे आयोगले महान्यायाधीवक्तासहित अन्य कानुनविद्हरूसँग परामर्श गर्ने बताएको छ। यो विषय पनि सहजै पार लाग्ने खालको भने छैन। पूर्वएमाले र माओवादी केन्द्र ब्युँताउने पक्रिया लम्बिँदा अहिलेको प्रचण्ड(नेपाल समूहले सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको पुनरावलोकनका लागि निवेदन दिने समय पाउँछन्।

    आइतबार साँझ उक्त समूहले कानुनविद्हरूसँग सर्वोच्चको फैसलाबारे छलफल गरेको थियो। छलफलमा सहभागी कानुनविद्हरूले पुनरावलोकनमा जान सकिने सुझाव दिएका छन्।  यसबारे थप निर्णय गर्न प्रचण्ड – नेपाल समूहको स्थायी कमिटीको बैठक सोमबार दिउँसो बस्दैछ।

    निर्वाचन आयोगले तत्काल पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्युँताउन पाएन भने प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसदमा अविश्वासको प्रस्ताव पनि दर्ता भएर अघि बढ्न सक्छ। त्यसो हुँदा उनीविरूद्धको अविश्वास प्रस्ताव पास हुने सम्भावना रहन्छ।

    तत्कालै ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र पार्टी अस्तित्वमा आए र माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो भने प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्छ। उनले आइतबार साँझ बसेको आफ्नो समूहको संसदीय दलको बैठकमा पनि यो कुरा भनिसकेका छन्।

    पूर्वएमाले ब्युँतिएर प्रधानमन्त्री ओलीले विश्वासको मत लिए भने उनले तत्कालीन एमालेका १२० सांसदलाई आफ्नो पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्छन्। ह्वीप नमान्ने सांसदलाई उनले कारबाही गर्न सक्छन् किनकी पूर्वएमालेको केन्द्रीय समितिमा ओलीको बहुमत छ।

  • subhayug
  • चुनाव चिन्ह
  • निर्वाचन आयोग
  • नेकपा एमाले
  • नेकपा माओवादी केन्द्र
  • नेपालको संविधान
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

  • नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन

  • झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर

  • सेयर बजार राताम्मे


  • समाचार
  • १

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता
    ९ घण्टा अघि

  • २

    नवलपुर प्रहरीले बेच्यो बरामद गरिएका दुई सय ७१ सवारीसाधन
    ९ घण्टा अघि

  • ३

    झण्डै साढे ४ करोड भ्रष्टाचार गरेको भन्दै गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध मुद्दा दायर
    १० घण्टा अघि

  • ४

    सेयर बजार राताम्मे
    १० घण्टा अघि

  • ५

    Why Traditional Dating Will Always Overcome Away Algorithms
    १० घण्टा अघि

  • ६

    ‘अखण्ड भारत’को नक्साबाट नेपाल हटाउ भन्न नसके प्रधानमन्त्री किन भारत जानेः ओली
    १० घण्टा अघि

  • ७

    बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने अर्थमन्त्री महतको दाबी
    १० घण्टा अघि

  • ८

    अब हवाई यात्रा गर्दा कोभिड खोप लगाएको प्रमाण नचाहिने
    ११ घण्टा अघि

  • ९

    The Must-Know Tips For an incredible Union
    ११ घण्टा अघि

  • १०

    महोत्तरीको एनएमबि बैँकमा लुटपाट
    ११ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra sir photo
    १ हफ्ता अघि

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    सामाजिक सञ्जालबाट
    १

    पोखरीमा डुबेर ६ जना बालबालिकाको ज्यान गयो

    शुभयुग सम्वाददाता
    २

    भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    श्रीलङ्काले मेको अन्त्यबाट साप्ताहिक इन्धन कोटा बढाउने

    शुभयुग सम्वाददाता
    ४

    एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution