२४ फागुन, काठमाडौं – सर्बोच्च अदालतले पार्टीको नाम खारेजी गरिदिएपछी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकपछि भावी रणनीति तय गरिने समेत श्रेष्ठले बताए । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरी ऋषि कट्टेलको नेकपालाई आधिकारिक नेकपा दिएपछि उक्त समूहले असन्तुष्टि जनाएको छ ।
सर्वोच्चको उक्त फैसलालाइ राजनीतिक प्रेरित रहेको भन्दै प्रचण्ड-नेपाल समूहले आरोप समेत लगाएका छन ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar