२१ फागुन,काठमाण्डौं – केपी शर्मा ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
शुक्रवार राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमा सरकार र विप्लव नेकपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवको उपस्थितिमा सरकारी टोलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट प्रकाण्डले हस्ताक्षर गरेका छन् ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।
सरकार र विप्लव समूहबीच लामो समय अनौपचारिक छलफल भएपछि फागुन १९ र २० गते औपचारिक वार्ता भएको थियो । वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा संयोजक र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेका थिए भने विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्ड संयोजक र उदयबहादुर चलाउने सदस्य रहेका थिए ।
सरकारले विध्वंसात्मक गतिविधि सञ्चालन गरेको भन्दै विप्लव समूहलाई २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो। सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै यो अवधिमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्ने क्रम पनि सुरु भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar