२०८१ भाद्र २२, शनिबार
१८ फागुन,काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी ओली समूहका स्थायी कमिटी सदस्य एवम् संघीय सरकारका शहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाइएको छ ।
रौतहटको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि भन्दै करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो । एक स्थानीयका अनुसार मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली लगाउन दिएका थिएनन् । उनले किसानहरुलाई जमिन खाली राख्न लगाएका थिए र जसले जबर्जस्ती बाली लगाए उसको खेतमा डोजर लगाइएको एक स्थानीयले बताए ।
सो मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको स्थानीयहरुले बताएका छन् । ‘नष्ट भएको बालीको मुआब्जा दिने भनिएको छ । तर त्यो मुआब्जाप्रति किसानहरू सन्तुष्ट छैनन्’ त्यहाँका किसानहरु भन्छन्, ‘एक कट्ठामा चारदेखि पाँच मनको हिसाबले उत्पादन हुन्थ्यो तर कठ्ठाको पच्चिस रुपैयाँ दिने भनेका छन्, हामीलाई निकै मर्का भएको छ । यत्रो मेहनतका साथ खेती लगाएका थियौं तर एउटा मेला लगाउनका लागि बालीमा डोजर लगाएर हामीमाथि अन्याय गरियो ।’
स्थानीय किसानहरुका अनुसार मेला लगाउनका लागि अरु पनि जग्गाहरु खाली राखिएको छ । तर त्यहाँ मेला नलगाई खेती लगाइएको ठाउँमा आएर डोजर लगाइएको किसानहरुले गुनासो गरे । एक महिला किसानले भनिन्, ‘मन्त्रीज्यू घरमा आएर भन्नुभयो कि महाशिवरात्रिमा मेला लाग्छ, त्यसमा बाली नलगाउनुहोला, हामीले मन्त्रीले भनेको ठाउँमा बाली लगाएनौँ तर जहाँ बाली लगाएनौँ त्यहाँ मेला नलगाएर यतातिर सरेको छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar