• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१३ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१५ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१५ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१५ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१६ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१७ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१८ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

१८ घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

१९ घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

१९ घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२१ घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • संरक्षण नहुँदा दरबारको अस्तित्व मेटिँदै

    Reporterप्रकाशित मिति: २०७७ फागुन ९, आईतबार (४ साल अघि)
  • ८६० पाठक संख्या
  • doti darbar

    ९ फागुन,डोटी – उचित संरक्षण तथा संवद्र्धन नगरिँदा डोटीका पुराना दरबारको अस्तित्व मेटिँदै जान थालेको छ ।

    स्थानीय निकायले ती दरबारको उचित व्यवस्थापन तथा संरक्षण गर्न नसक्दा बर्सेनि अस्तित्व मेटिँदै जाने अवस्थामा पुगेका हुन् । जिल्लामा पुराना राज्य रजौटाका पालामा निर्माण गरिएका दर्जनौँ दरबार तथा कोटहरू भग्नावशेषका रुपमा परिणत हुन थालेका छन् ।

    जिल्लाका पूर्वीचौकी, जोरायल, दिपायल सिलगढीलगायत क्षेत्रमा निर्माण गरिएका वर्षौँ पुराना दरबार तथा कोटहरूको उचित संरक्षण तथा संवद्र्धन नगरिएका कारण बर्सेनि लोप हुँदै जाने अवस्थामा पुगेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीय सुरेन्द्रबहादुर बोहराले बताए । उनले भने, ‘पुराना राजाका दरबार उचित संरक्षण नगरिँदा खण्डहर बन्दै गएका छन्, यहाँका स्थानीय तहले समयमै उचित संरक्षण नगर्ने हो भने अबको केही वर्षमै ती दरबार बिलिन हुनेछन् ।’

    जोरायल गाउँपालिका–६ निरौलीमा रहेको नागीमल्ल राजाले निर्माण गरेको दरबार, दिपायल सिलगढी नगरपालिका–३ दिपायल तथा वडा नं ६ सिलगढीस्थित नाचनथलीमा रहेको डोटी गौडा दरबारको उचित संरक्षण नहुँदा बर्सेनि भत्किँदै जान थालेका छन् । पुरातात्विक महत्व र पर्यटकीय सम्भावना बोकेका यी दरबारहरू समयमै उचित संरक्षण नगरिँदा अस्तित्व मेटिँदै जान थालेको छ । यहाँका स्थानीय तहले दरबार संरक्षण तथा संवद्र्धनका लागि केही समय पहिला पहल चालिए पनि अहिले कामले निरन्तरता नपाएको भन्दै स्थानीयवासी दुःखी भएका छन् ।

    दरबार संरक्षणका लागि यहाँका स्थानीय तहले खासै चासो नदेखाएका कारण अस्तित्व मेटिदै जान थालेको उनीहरूको गुनासो छ । डोटी राज्यको दरबार अर्थात्, मूलगढ हालको महाकाली अञ्चलअन्तर्गत डडेलधुरा जिल्लास्थित अजयमेरुमा थियो । जसलाई अद्यावधि अजैमर कोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुँदै आएकामा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वी भागतिर गनैरगौडा नामक डाँडामा राजदरबार अर्थात् कोट निर्माण हुन गई त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको थियो ।

    उक्त दरबारलाई तत्कालीन समयमा अद्यावधि दिपायलकोट भनिन्थो । तत्कालीन डोटेली राजाको दरबारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नावशेषका रूपमा छन् । डोटी राजाको मूल दरबार अजैमर कोट हिउँदको समयमा ज्यादै चिसो हुने भएकाले शीतकालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुने गरेको भनाइ छ । सन् १४३८ देखि सन् १४५० सम्म डोटी र कुमाउँको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेको विभिन्न शिलालेखमा उल्लेख गरेको पाइन्छ ।

    युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उनका भाइ विष्णु शाहीलाई गोरखालीको रजौटा बनाइयो । विष्णु शाहीपछि उनका ज्येष्ठ पुत्र पहाडी शाही (द्वितीय) रजौटा भएको भनाइ छ । रजौटा डोटेली साहेव भनिने पदमविक्रम शाहका माइला पुत्र वर्ष ७९ का विष्णु शाहीदेखि पुख्र्यौली ज्येष्ठ पुत्र रजौटाका रूपमा रहिआएको भन्ने भनाइ छ । विष्णु शाही, पहाडी शाही (द्वितीय), बलदेव शाही, सुरजंग शाह, शम्शेरबहादुर शाह, पदमविक्रम शाह, मोहनविक्रम शाह । यस प्रकार विसं २०१८ मा ‘राज्य रजौटा’ ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको भन्ने थियो ।

    तत्कालीन अन्तिम रजौटाका रूपमा मोहनविक्रम शाह थिए । विसं २०१८ देखि रजौटा प्रथाको अन्त्य भए पनि डोटीको दिपायल राजपुरस्थित शाह खलकमा पुख्र्याैली ज्येष्ठ पुत्रलाई आदरपूर्वक सम्मान दिइनुका साथै बडादशैँमा घरपरिवारका साथै खलकका बाल वयोवृद्ध सबैले उनका हातबाट टीका ग्रहण गर्ने र उनले पनि पारिवारिक तथा खलकको रीतिरिवाजको परिधिमा रहनुपर्ने र जसको अनुशरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अहिलेसम्म कायमै रहेको स्थानीय बुढापाका बताउँछन् ।

    नेपाल एकीकरणपूर्व डोटी राज्यको राजधानी गोर्खालीबाट परास्त भएपछि अर्थात् नेपाल एकीकरणपछि गोर्खालीको शक्तिसञ्चय तथा प्रशासकीय केन्द्रका रूपमा डोटी मोहडा गौडाको केन्द्र, विसं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजनअनुरूप डोटी जिल्लाको सदरमुकाम र विसं २०३८ मा सुदूरपश्चिम विकास क्षेत्रको (सेती– महाकाली) विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको दिपायल सिलगढी नगर क्षेत्रले विसं २०३८ मा नगरपालिकामा परिणत भएको भन्ने स्थानीयवासीको भनाइ छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–६ नाचन्थलीमा रहेको राणाकालीन दरबारको उचित संरक्षण नगरिँदा भत्किन थालेको छ । जिल्लाको ‘मल्लो ढोका’ भनेर चिनिने यो दरबार उचित संरक्षण अभावमा भग्नावशेषमा परिणत हुँदैछ ।

    राणा शासनकालमा हाल जिल्ला प्रशासन कार्यालय रहेको ठाउँलाई ‘तल्लो ढोका’ भन्ने गरिन्थ्यो भने ‘मल्लो ढोका’ दरबार बडाहाकिमको निवासका रूपमा प्रयोग हुने भएको थियो । करिब ४० कोठाको यो दरबार संरक्षण अभावमा भत्किन थालेको छ । मल्लो ढोका वरिपरि कोत गार्ड, सुसारे निवास, मनोरञ्जन घर, पूजाघर निर्माण भएका छन् । ती घर पनि भत्किन थालेका छन् । बहादुरशम्शेर राणा बडाहाकिम भएका बेला उक्त दरबार स्थानीय व्यक्तिलाई बिक्री गरिएको थियो । यो कहिले बिक्री भयो भन्ने पत्ता लाग्न सकेन, तर बहादुरशम्शेर विसं १९९० को दशकमा डोटी गौंडामा भएको यहाँका बुढापाका बताउँछन् ।

    करिब ४६ रोपनी जमिन त्यतिबेला रु १० हजारमा सिलगढीका सुरत श्रेष्ठलाई बिक्री गरेको भन्ने सुनेको स्थानीयवासी सिद्धराज श्रेष्ठ जानकारी दिए ।

  • subhayug
  • डोटी
  • दिपायल
  • सिलगढी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १३ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १५ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १५ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १५ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १६ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १७ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १८ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    १८ घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    १९ घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    १९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution