९ फागुन,झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनले देशलाई स्थिरतामा लैजाने दावी गरेका छन् ।
आईतबार, मिडिया नेपालद्वारा झापाको दमकमा आयोजित् पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले निर्वाचनले देशलाई स्थिरतामा लैजाने दावी गरेका हुन् । थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने समेत बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रहसमेत गरे। उनले भने, ‘निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ, निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ, ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।’
उनले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने बताए । नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक संकट आएको उनको भनाइ थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar