२०८० जेष्ठ २४, बुधबार
७ फागुन,काठमाडौं – प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शुक्रबार ५९५ जना कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् ।
कारागार विभागले गरेको असल चाल चलनको सिफारिसको आधारमा उनीहरुको ५० प्रतिशत कैद मिनाह गरिएको हो । त्यस्तै राष्ट्रपति भण्डारीले गरेको सिफारिस अनुसार कैद माफी पाउनेमा भने कारागार भित्रै कैदीको हत्यामा समलग्न रहेकाहरु समेत रहेको खुलाशा भएको छ ।
गत २०६८ पुसमा जिल्ला कारागार चितवनभित्रै तात्कालिन नेपाल तरुण दलका अध्यक्ष शिव पौडेलको हत्या भएको थियो । तरुण दलका अध्यक्ष पौडेलको हत्यामा फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसी सम्लग्न थिए । उनिहरु सम्लग्न रहेसंगै उनीहरुलाई थप २० वर्ष कैद सजाय फैसलासमेत भएको थियो । तर, कारागार भित्रै हत्या जस्तो गम्भिर अपराध गर्नेलाई पनि कारागार विभागले भने आम माफीको सिफारिस गरेको छ ।
चितवन कारगारका जेलर कमल काफ्लेका अनुसार उनिहरु तिनै जना रिहाई हुने तयारी गरेको छ । ‘उहाँहरु तिनै जना रिहा हुने तयारीमा हुनुहुन्छ । कागज मिल्दैछ । आजै छु्ट्ने कुरा छ,’ चितवन कारगारका जेलर कमल काफ्लेले भने,‘उहाँहरुले जेल प्रशासनलाई सहयोग गरेको पाइयो । त्यही आधारमा सिफारिस भएको हो ।’ उनले भने । त्यस्तै जेलभित्रै हत्या गर्ने मान्छे कसरी असल चालचलनमा सिफारिस भयो भन्ने प्रश्नमा उनले त्यो पहिलेको कुरा भएकोसमेत बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा उनिहरुको कैद माफी मिनाहा गरेको हो । राष्ट्रपतिले प्रजातन्त्र दिवस, गणतन्त्र दिवसलगायतका अवसरमा कैदीबन्दीको कैद मिनाहा माफी गर्न पाउने कानूनी व्यवस्था रहेको छ । तर पौडेलको हत्यामा समलग्नहरु तत्कालिन नेकपा एमाले निकट युवा संघका कार्यकर्ता रहेको त्यतिबेला नै सार्वजनिक भएको थियो । उनीहरु शिवकै भाईको हत्या अभियोगमा सजाय भई कारागार चलान भएका थिए ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जेलर र सिडिओको सिफारिसको आधारमा आफुहरुले सिफारिस पठाएकोसमेत बताए । यद्धपी घटनाको विषयमा आफूलाई कुनै जानकारी भने नभएको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar