२०८१ आश्विन ३०, बुधबार
५ फागुन, धादिङ – धादिङको बेनिघाट रोराङ गाँउपालिका स्तरिय अपांगता समन्वय समितीको अध्यक्षमा आभाष डल्लाकोटी चयन भएका छन् ।
बुधबार, गाउपालिकाका उपाध्यक्ष तथा महिला ,बालबालिका,अपाङ्गता समितीका संयोजक देबि प्रसाद सिल्वालको प्रमुख आतिथ्यतामा सम्पन्न गाँउपालिका स्तरिय अपांगता समन्वय समितीको भेलाले आभाष डल्लाकोटीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिती बनाएको हो ।
त्यस्तै आजको भेलाले समितीको उपाध्यक्षमा वडा नं.२ की सुनिता तामाङ, सचिवमा वडा नं.५ की सरु घले, सहसचिवमा वडा नं.१ का रेशम चेपाङ र कोषध्यक्षमा वडा नं.१० की गोमामाया चेपाङका साथै अन्य १० जना सदस्यहरुसमेत चयन भएका छन् । यद्धपी हाल तदर्थ समिती गठन गरिएको र आगामी पहिलो बैठकले १ जना थप गरी समितीलाई कायम गरिने गाँउपालिकाका उपाध्यक्ष सिलवालले बताए ।
उता समिती गठन गरिएसंगै अध्यक्ष चयन भएका डल्लाकोटिले पनि गाँउपालिका स्तरिय अपांगता समितीको अध्यक्ष निर्वाचित् गराएकोमा सम्पुर्णमा धन्यवाद व्यक्त गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन् – “यस बेनिघाट रोराङ गाउपालिकाका उपाध्यक्ष तथा महिला ,बालबालिका,अपाङ्ग को संयोजक देबि प्रसाद सिल्वालको प्रमुख आतिथ्यमा गाउपालिका स्तरिय अपांगता समन्वय समिति गठन तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । त्यस्तै उक्त कार्यक्रम बाट मलाइ सर्बसम्मत बेनिघाटरोराङ गाँउपालिका स्तरिय अपांग संघको अध्यक्ष चुनिदिनुभएको मा हजुर हरु प्रति हार्दिक नमन ब्यक्त गर्दछु । जिवनमा थप एक जिम्मेवारि पाएको छु र आफ्नो जिम्मेवारी राम्रो सङ्ग बहन गर्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar