• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

५ घण्टा अघि
२

बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

५ घण्टा अघि
३

को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

५ घण्टा अघि
४

डिभिजन वन कार्यालय धादिङको अनुरोध

२ दिन अघि
५

पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)

३ दिन अघि
६

एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस

३ दिन अघि
७

माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

४ दिन अघि
८

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने

४ दिन अघि
९

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

५ दिन अघि
१०

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

५ दिन अघि
११

दोहोरो अंक बढ्यो सेयर बजार

५ दिन अघि
१२

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    २ हफ्ता अघि
  • Galaxy tv no sallery ४

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ५

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १ हफ्ता अघि
  • trisuli nadi badh ६

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    ३ हफ्ता अघि
  • classic news subhayug ७

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

    १ हफ्ता अघि
  • salikram bhote ८

    मुख्यमन्त्रीको बिश्वासको मतबारे बागमतीमा काँग्रेस र समाजवादीको आपत्ती : जमकट्टेलले छलफल नै नगरेको आरोप

    १ हफ्ता अघि
  • subash-nembang ९

    संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    १ महिना अघि
  • bhanu park dhading १०

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

    २ हफ्ता अघि
  • किसानमाथी ललितपुरको मुना भेट फर्माको लुटधन्दा : सरकारी कार्यालयमाथी नै ठगी

    Reporterप्रकाशित मिति: २०७७ फागुन ३, सोमबार (२ साल अघि)
  • ४४८६० पाठक संख्या
  • कम क्षमताको मेसिन सप्लाई गरी महंगो मुल्यको विल पेशगरी गाँउपालिका सरकारी रकम भुक्तानी

    fch photo

    ३ फागुन, काठमाण्डौं – ललितपुरको लगनखेलस्थित् कृषी सामाग्री विक्रि गर्ने कम्पनी मुना भेट फर्माले किसानहरुलाई कृषीजन्य सामाग्री विक्री गर्दा खुलेआम लुटधन्दा मच्चाँउदै आएको पाईएको छ ।

    किसानका लागी सस्तो र शुलभ दरमा कृषीजन्य अत्याधुनिक यान्त्रिक सामाग्री विक्री र वितरण गर्दै आएको ललितपुरको लगनखेलस्थित मुना भेट फर्माले ग्रामिण भेगका स्थानिय तहले अनुदानमा उपलव्ध गराउने उपकरणहरुमा स्थानिय तहका पदाधिकारी र कृषी शाखाका कर्मचारीसंगको मिलेमतोमा खुलेआम रुपमा गरिव र सर्वहारा किशानमाथी ठगी गर्दै लुटधन्दा मच्चाँउदै आएको खुलाशा भएको हो ।

    उक्त कम्पनीले धादिङको एक स्थानिय तहका पदाधिकारी र कर्मचारीसंगको मिलेमतोमा खुलेआम ठगी गर्ने गरेको तथ्य शुभयुग डटकमले फेला पारेको छ । गत आ.व.२०७६/०७७ मा धादिङको गंगाजमुना गाउँपालिकाले किसानका लागी अनुदानमा ६ सेट घाँस काट्ने मेसिन ‘चाफ कटर’ मोटर बितरण गरेको थियो । उक्त मेसिनपनि त्यसै मुना भेट फर्मालेनै गाँउपालिकालाई उपलव्ध गराएको थियो । तर मेसिन उपलब्ध गराँउदा भने उक्त कम्पनीले गाँउपालिकाका कृषी शाखाका कर्मचारीसंगको मिलेमतोमा कम क्षमता र दररेटको मेसिन पठाएर बढि क्षमता र बढि मुल्यको विल पेशगरी कर्मचारीलाई प्रभावमा पारी सरकारी कार्यालयलाई ठगी गरेको छ ।

    गाउँपालिकाको अनुदान रकममा खरिद गरिएको चाफ कटरको मोटरमा सामाग्री बिक्रि गर्ने जिम्मा पाएको ललितपुर स्थित् मुना भेट फर्माले उक्त गंगाजमुना गाँउपालिकाको कृषि शाखामा कार्यरत कर्मचारी रविन्द्र थापा सुयल र अर्का कर्मचारी पारश अधिकारीको समेत मिलेमतोमा नक्कली बिल पेशगरी झण्डै ३ लाख रुपैँया भुक्तानीसमेत लिएको छ ।

    गत आ.व.०७६/७७ मा गंगाजमुना गाँउपालिकाले स्थानिय कृषकलाई वितरण गरेको उक्त कृषी सामाग्री चाप कटर ३ हर्स पावर (एचपी) क्षमताको छ । तर, उक्त सप्लायर्स कम्पनीले भने तिनै गाँउपालिकाका कर्मचारीसंगको मिलेमतोमा ५ हर्स पावर क्षमता उपलव्ध गराएको भनी विल पेश गरेको र भुक्तानीसमेत लिईसकेको छ । शुभयुग डटकमलाई प्राप्त बिलमा समेत ५ एचपी क्षमता र प्रति मेसिनको मुल्य रु.४९ हजार ८०० उल्लेख गरिएको छ ।

    त्यसो त गाँउपालिकाले पनि प्रति मेसिन ४९ हजार ८ सय रुपैयाँको दरले ६ वटा मोटर खरिद गर्दा २ लाख ९८ हजार ८ सय रुपैयाँको भुक्तानी समेत उक्त सप्लायर्स कम्पनीलाई गरीसकेको छ । उता उक्त मुना भेट फर्माले रु.३५ हजार मुल्य पर्ने घाँस काट्ने मेसिनलाई रु.४९ हजार ८०० मा बिक्रिगरी गाँउपालिकाका कर्मचारीसंगको मिलेमतोमा किसानमाथी ठगी गर्दै अकुत सम्पती आर्जन गर्दै आईरहँदा नियमनकारी सरकारी निकायले यसको पत्तोसमेत पाएका छैनन् ।

    उता आफुहरुमाथी गाँउपालिकाका कर्मचारी, जनप्रतिनिधी र उक्त सप्लायर्स कम्पनीले आन्तरिक मिलेमतोमा ठगी गरेको थाहा पाएपछि स्थानियहरुसमेत आक्रोसित् भएका थिए । उनिहरुले आफुहरु ठगिएको विषयमा सामुहिक आवाज उठाउनेवारे तयारी गरेपछि गाँउपालिकाले भने चलाखीपुर्ण ढंगले उक्त अनियमिततामा संलग्न कर्मचारी द्धयलाईनै कारवाहि स्वरुप सरुवा गरिदिएको छ । सरकारले किसानका लागी भन्दै कृषी क्षेत्रमा लगानी बढाउन बर्षेनी उल्लेखिय मात्रामा बजेट विनियोजन गरेपनि ललितपुर स्थित् मुना भेट फर्मा जस्ता किसानमाथी शोषण गर्ने कम्पनी र आम किशानमाथी लुटधन्दा मच्चाउने सरकारी कर्मचारीकै कारण किसानको समस्या जिँउको तिउ रहेको पिडित किसानहरुले बताए ।

    उनिहरुका अनुसार उक्त घटनामा पनि गंगाजमुना गाँउपालिकाका कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको पाईएको छ । तर भ्रष्टाचारमा संलग्न कर्मचारीलाई निलम्बन गर्नाको सट्टा गाँउपालिका अध्यक्ष र एक वडा अध्यक्षका आफन्त भएकै कारण उनिहरुलाई उन्मुक्ति स्वरुप सरुवा गरिएको हो ।

    उता अनियमिततामा संलग्न गाउँपालिकाकै कृषि शाखामा कार्यरत कर्मचारी रविन्द्र थापा सुयलले भने दुईवटा मेसिन मात्रै हेरेर ल्याएको र बक्स भित्र रहेको अन्य मेसिन नहेर्दा २ वटा ५ एचपीको र अरु चारवटा ३ एचपीको मेसिन परेको भन्दै झुठो दावी गरेका छन् । ‘कोटेशनबाटै खरिद गरिएको हो । बिलवाला कम्पनीले नै डेलिभरी दिएको हो,’ उनले भने । विल उपलव्ध गराउने कम्पनीबारे प्रश्नमा सुयँलले भने ‘य.. यस्तो भएको होला । उहाँको साथीको पनि कम्पनी रहेछ । उहाँको पनि साथीको साथीमार्फत कारोबार भएको रहेछ ।’ सुयँलले अस्पष्ट उत्त। दिए ।

    त्यस्तै सुयँलले उक्त विषयमा कुरा उठेपछि आफूहरुको सरुवाको चीठी आएको समेत बताए । ‘चीठी चाहीँ आएको हो । हाम्रौ वडाहरुमा आएको हो । वडा नम्बर ६ र ७ मा आएको हो,’ अनियमिततामा संलग्न उनि सोहि गाँउपालिकाका एक वडाध्यक्षका भाञ्जा समेत हुन् । उता अनियमिततामा संलग्न अर्का कर्मचारी पारस अधिकारीले भने त्यस विषयमा प्रतिक्रिया दिन चाहेका छैनन् । उनि गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारीका नजिकका नातेदार हुन् ।

    त्यस्तै उक्त समाग्री उपलव्ध गराउने सप्लायर्स कम्पनी मुना भेट फर्माका प्रमुख राम प्रसाद न्यौपानेले भने हाल आफु कम्पनीमा नभएको र उक्त कारोवार वारे आफुले भन्दा पनि प्रशिद्ध खनाल भन्ने अर्को कम्पनीवालाले गरेको भन्दै पन्छिएका छन् । मुना भेट फर्माको विल प्रयोग भएपछि आधिकारिकता कस्को हुन्छ भन्ने प्रश्नमा न्यौपानेले भने ‘सर म काठमाण्डौंमा छैन, तपाँईले भनेपछि बल्ल उक्त विषयमा बुझ्दैछु, खासमा प्रसिद्ध भन्ने मेरो साथी छ उसले र मैले कोर्टेशन हालेका थियौं, पछि काम पनि उसैले गरेको हो, यसमा म संलग्न छैन, अनि विल पनि मेरो कामगर्ने भाईले बनाएको हो । अव जेहुनु गल्ति भैहाल्यो, यस्तै भयो, म उतै कुरा गर्छु सर, गाँउपालिकाको सरहरको चाँही गल्ति छैन ।’ उनले आफु काठमाण्डौं बाहिर रहेको भन्दै उक्त कारोवारमा अर्का विचौलिया संलग्न रहेको स्पष्ट पारेका छन् । त्यस्तै उनका अनुसार उक्त कारोबारमा तनँहु घर भएका प्रशिद्ध खनालले सेटिङ मिलाई गाँउपालिकामा मेसिन उपलव्ध गराएको र आफ्नो कम्पनीको विल प्रयोग गरेको दावी गरे । न्यौपानेले उक्त कार्यमा गाँउपालिकाका कर्मचारीको कुनै संलग्नतासमेत नरहेको झुठो दावी गर्दै गाँउपालिकाका कर्मचारी सुयँल र अधिकारीको बचाउ समेत गरेका छन् ।

    उता गंगाजमुना गाँउपालिकाले भने उक्त विषयमा संलग्न रहेको भन्दै कर्मचारी द्धयलाईनै गाँउपालिकाबाट सरुवा गरिदिएको छ । त्यस्तै सप्लायर्स कम्पनीका प्रमुख न्यौपानेले आरोप लगायका प्रशिद्ध खनालले भने आफुले कामै नगरेको दावी गरेका छन् ।उनले आफु त्यसमा संलग्न नभएको र सप्लाई गर्ने कम्पनीपनि रामप्रसादकै रहेको भन्दै आफु उक्त प्रकृयामा अनविज्ञ रहेको दावी गरे । यद्धपी उक्त प्रकृयामा ५ हर्स पावर क्षमताको ६ वटा मेसिन जानुपर्नेमा जम्मा २ वटा मात्र गएको र बाँकी ३ क्षमताको मेसिन गएकोबारे सुनेको खनालले बताए ।

    उता गाँउपालिका अध्यक्ष बल बहादुर अधिकारीले भने उक्त विषयमा गाँउपालिकाले विज्ञप्ती प्रकाशित् गरेको भन्दै उक्त कार्यमा संलग्नमाथी अनुसन्धान जारीरहेको जनाउँदै थप जानकारीका लागी गाँउपालिका कार्यालयमा आउन र सबै कुरा वेभसाइटमा लेखिएको भन्दै पन्छिएका छन् । गाँउपालिकाको वेभसाइटमा भने कृषी सामाग्री खरिद प्रक्रियामा अनियमितताबारे सर्वदलिय बैठकपछि अनियमितता गर्ने कर्मचारीलाई सरुवा गरेर कारबाहीको प्रकृयालाई अगाडी बढाईएको विज्ञप्ति प्रकाशन गरेको छ ।

    उता स्थानियहरुले भने गाउँपालिकाले अनियमिततामा संलग्न कर्मचारीलाई सरुवा गरी उन्मुक्ती दिन लागेको र सामाग्री सप्लाई गर्ने कम्पनीलाई पनि सामान फिर्ता गरी उन्मुक्ति दिन खोजेको भन्दै अख्तियार र राजश्व अनुसन्धान कार्यालयमा लिखित उजुरी दिने तयारी गरेका छन् ।

     

  • subhayug
  • subhayug.com
  • गंगाजमुना गाँउपालिका
  • मुना भेट फर्मा
  • लगनखेल
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

  • बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

  • डिभिजन वन कार्यालय धादिङको अनुरोध


  • समाचार
  • १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु
    ५ घण्टा अघि

  • २

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !
    ५ घण्टा अघि

  • ३

    को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र
    ५ घण्टा अघि

  • ४

    डिभिजन वन कार्यालय धादिङको अनुरोध
    २ दिन अघि

  • ५

    पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)
    ३ दिन अघि

  • ६

    एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस
    ३ दिन अघि

  • ७

    माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश
    ४ दिन अघि

  • ८

    सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने
    ४ दिन अघि

  • ९

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ५ दिन अघि

  • १०

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

    subhayug
    २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    ३

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ४

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution