२०७९ श्रावण २३, सोमबार
१ फागुन,काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले भागरथी भट्टको बलात्कारपछि हत्या संलग्न व्यक्तिलाई यत्तिका दिन बिति सक्दा पनि प्रकाउ गर्ने नसकेकोमा आपत्ति जनाएकि छिन् ।
शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै डा.संग्रौलाले यदि तुरुन्तै दोषी पत्ता लगाउन नसक्ने हो भने गृहमन्त्रीले राजिनामा दिनुपर्ने माग राखेकि हुन् । संग्रौलाले प्रधानमन्त्रीले आम नागरिकको चासो र चिन्तालाई गर्दै संवन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहिकालागि निर्देशन गर्ने आग्रह पनि गरेकि छिन् ।
हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउन्जेल आफ्नो संघर्ष जारी राख्ने बताउँदै उनले विज्ञप्तिमा घटना भएको धेरै दिन बितिसक्दा पनि सरकारले दोषीलाई कानुनीमा दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरेको त होइन भन्ने आशंका पनि व्यक्त गरेकी छिन् ।
उनले निर्मला पन्तको दोषीलार्य प्रकाउ गर्ने सरकारले कुनै कानुनि दायरामा ल्याई न्याय दिन नसकेकोले तथा समाजमा बलात्कार पश्चात् हत्याका घटनाक्रम बढ्दै देशमा शान्ति सुरक्षा र नागरिकको जनधनको सुरक्षा गर्ने सरकारको दायित्व उदाङ्गिएको प्रस्ट पारेकि छिन् ।
यसका साथै संग्रौलाले उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्नुपर्ने सुझाव सुदूरपश्चिम सरकारलाई दिएकी छिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar