२०८१ आश्विन २८, सोमबार
२८ माघ,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका बरिष्ठ नेता झलनाथ खनालले दुई वर्षपछि हुने निर्वाचनमा मिस्टर केपीको जमानत नै जफत हुने ठोकुवा गरेका छन् ।
बुधबार, संसद विघटनविरुद्ध नेकपा प्रचण्ड – माधव समुहद्धारा आयोजित् विरोध सभामा बोल्दै बरिष्ठ नेता खनालले दुई वर्षपछि हुने निर्वाचनमा मिस्टर केपीको जमानत नै जफत हुने ठोकुवा गरेका हुन् । बरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले संविधान भत्काएको भन्दै ०६२/६३ भन्दा ठूलो जनआन्दोलन हुने समेत बताए।
विरोध सभालाई संवोधन गर्दै उनले प्रतिनिधिसभा विघटनपछि ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताए। त्यसैकारण ओली संकल्प पुजा गर्ने अवस्थामा पुगेको उनको टिप्पणी थियो। संसद पुनस्स्थापना हुने भन्दै उनले दुई वर्षपछि मात्रै वैधानिक निर्वाचन हुने बताए। उनले दुई वर्षपछि हुने निर्वाचनमा ओलीको पराजित निश्चित भएको समेत बताए।
‘मिस्टर केपी दुई वर्षपछि हुने निर्वाचनमा तपाईको जमानत जफत हुन्छ’ उनले भने। खनालले नारायणहिटीमा केही हजार मान्छे जम्मा गरेर ओलीले जनप्रदर्शन देखाउन खोजेको भन्दै व्यंग समेत गरे। प्रचण्ड र नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरु आन्दोलित नभएको उनले स्पष्ट गरे। आजको विशाल सभा नै ‘जनवाद’ भएको भन्दै उनले अब समाजवाद स्थापित गर्ने समेत बताए।
उनले भने, ‘ओलीले ३ वर्षमा कृषि क्रान्तिको क पनि उच्चारण गरेनन्। हामी समाजवादका लागि अगाडि बढिरहेका छौं। पुष्पलालले पार्टी स्थापना गर्दा जनवाद भन्थे, यही हो जनवाद। केपी ओलीको धज्जी उडाएर आलोचना गर्न पाएका छौ त्यहि हो जनवाद।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar