२०७९ जेष्ठ ११, बुधबार
२८ माघ,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड – माधव समुह)का प्रभावशाली नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पदसँग संविधान साट्न खोजेको आरोप लगाएका छन्।
बुधबार, नेकपा प्रचण्ड माधव समुहद्धारा काठमाण्डौंमा आयोजित् विरोध सभामा संवोधन गर्दै शर्माले प्रधानमन्त्री ओलीले पदसँग संविधान साट्न खोजेको आरोप लगाएका हुन् । नेता शर्माले प्रश्न गरे – ‘संविधान पदसँग साटिन सक्छ ? संघीयता शनकमा खारेज हुन सक्छ ? हाम्रो उद्देश्य हाम्रो संविधान र संघीयता जोगाउने हो।’
शर्माले अहिले जनताले प्रतिगमनविरुद्ध शान्तिपूर्ण आन्दोलन गरिरहेको भन्दै जनताको आवाज दबाउन खोजे विद्रोह हुने चेतावनी दिए। ‘जनताको आवाज नसुनिए शान्तिपूर्ण आन्दोलन विद्रोहमा परिणत हुन सक्छ। जनताले विद्रोह गरे संविधान र संघीयता विरोधीहरुको पतन हुनेछ’ उनले भने।
मन्त्रिपरिषदले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको सिइयोमा नियुक्त गरेको विषय बारे बोल्दै उनले भने ‘जनताको सेवा नगर्ने संरचनाको परिणाम हामीले भोगिरहेका छौं। त्यसैले अब परिवर्तनमा सहभागी हुनुपर्छ। नयाँ कूलमानहरुलाई नियुक्ती गर्नुपर्छ।’ जनताकोबीचबाट अब नेतृत्व हुनुपर्ने भन्दै उनले पार्टी भन्दा देश प्यारो रहेको बताए।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह