२८ माघ,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड माधव समुह)का अध्यक्ष माधव कुमार नेपालले पशुपतीनाथमा करोडौं चढाँउदैमा संसद विघटनको पाप नपखालिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथी ब्यंग गरेका छन् ।
बुधबार संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पशुपतीनाथमा करोडौं चढाँउदैमा संसद विघटनको पाप नपखालिने भन्दै प्रधानमन्त्री ओलीमाथी ब्यंग गरेका हुन् ।
सम्बोधन गर्दै अध्यक्ष नेपालले भने – ‘मिस्टर ओलीजी पशुपतीनाथमा करोडौं चढाँउदैमा संसद विघटनको पाप पखालिँदैन ।’ त्यस्तै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पापी व्यक्तिको संज्ञासमेत दिएका छन्।
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीले भगवान पशुपतिनाथको मन्दिरको दर्शन गरेको कुरालाई लिएर अध्यक्ष नेपालले भने – ‘थाहा छ पशुपतिनाथले कस्ता मान्छेको रक्षा गर्छ ? जो मानिस असल छ, असल प्रवृत्तिको छ जसले धर्म गर्दछ पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन् चेतना भया ! केपी ओलीलाई चेतना भया ! संविधान मिच्ने मिचहालाई लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, जनअधिकार कुल्चिनेलाई पशुपतिले रक्षा गर्दैनन्।’ उनले भने ।
ओलीले गरेको पाप कसैले धोइ पखाली गर्न नसक्ने समेत अध्यक्ष नेपालको भनाई थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar