२०७९ जेष्ठ १४, शनिबार
२२ माघ,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता टिकाउनका लागी नेपाल कम्युनिष्ट पार्टी ओली पक्षका युवाले राजधानीमा मार्चपास गरेका छन्।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली समूहले माघ २३ अर्थात भोलि नारायणहिटी अगाडि करोडौं खर्च गरेर सत्ता टिकाउनका लागी शक्ति प्रर्दशनको कार्यक्रम राखेको छ ।
सोहि कार्यक्रमको पुर्वसंन्ध्यामा आज उक्त समुहले जनसभाको तयारीस्वरुप काठमाडौंमा मार्चपास गरेका हुन् । यद्धपी जनमानसमा भ्रम पैदा गर्न उक्त समुहले आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीका लागि स्वयमसेवकहरुले मार्चपास गरेको बताएका छन् ।
यसअघि उक्त समुहले बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णयको नाँउमा झडपको तयारी गरेको बुझिएको छ ।
मार्चपासमा निस्किएका युवा विद्यार्थीले ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई, नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ, अघि बढ केपी बा, ज्यान दिन तयार छ’ जस्ता नारा लगाएका छन्। युवा नेता महेश बस्नेतको नेतृत्वमा भएको मार्चपासमा रातो रंगको टोपी समेत लगाएका छन्।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह