२०८१ भाद्र २२, शनिबार
१३ माघ,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाका मुद्दा दर्ता भएका छन् ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै दायर गरेका अवहेलना मुद्दा दर्ता भएको सर्बोच्च अदालतले जनाएको छ । आचार्यले गत आइतबार र न्यौपानेले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेपनि सर्वोच्च प्रशासनले मंगलबार मात्र
दर्ता गरेको हो ।
मुद्दामा प्रधानमन्त्री ओलीले गत माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केट थापाथलीमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा ‘निन्दायुक्त टिप्पणी’ गरेको जिकिर गरिएको छ । कार्यक्रममा प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भनेका थिए । प्रधानमन्त्री ओलीको यो भनाइप्रति चौतर्फि बिरोध भइरहेको छ । यसबारे नेपाल बार एशोसिएसनका चारजना अध्यक्षले विज्ञप्ति निकालेर बिरोध जनाएका छन् ।
वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर अदालतको अवहेलना गरेकाले प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।
यस्तै, अधिवक्ता न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको जिकिर गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar