माघ १३ , काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप भोलिबाट लगाउन शुरु हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट भोलि (माघ १४) गते बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उद्घाटन गर्ने अस्पताल स्रोतले जनाएको छ ।
त्यस्तै, टेकु अस्पतालमा एक हप्ताको अवधिमा ३ हजार बढी स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने अस्पतालले जनाएको छ । भोलिको कोरोनाविरुद्वको खोप पहिलो प्राथमिकतामा अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई लगाइने भएको छ । त्यस्तै, कोरोनाविरुद्धको दोस्रो खोप सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलालाई लगाइँनेछ । अस्पताल स्रोतका अनुसार त्यसपछि कोरोनाविरुद्धको खोप टेकु अस्पतालमा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई लगाइनेछ ।
काठमाडौं उपत्यकाका विभिन्न ११ वटा अस्पतालहरुमा खोप अभियान सञ्चालन गरिनेछ । जसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, वीर अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल,भक्तपुर अस्पताल,शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र,सशस्त्र प्रहरी बलम्बु अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, काठमाडौं मेडिकल कलेज, शहिद गंगालाल अस्पताल लगायत रहेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar