२०७९ जेष्ठ ४, बुधबार
माघ१३,काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई पक्षकै दाबी अस्वीकार गर्दै साबिककै नेकपा कायम रहने निर्वाचन आयोगको निर्णयले झनै अन्योलता बढाएको छ ।दुबै पक्ष अब कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रीत भएका छन् । नेकपा प्रचण्ड-नेपाल पक्षले अबको लागि दुईवटा विकल्पमाथि छलफल गरिरहेको जानकारी दिएको छ ।
उक्त पक्षले कि त अब अदालत जाने कि त राजनीतिक दल ऐनको दफा ४४ अनुसार अगाडि बढ्ने भन्नेमा ध्यान केन्दीत गरेको छ । आवश्यकता पर्यो भने दफा ४४ अनुसार आयोगमा पुगेर दाबी गर्ने तयारीमा प्रचण्ड नेपाल पक्ष जुटेको स्रोतले बताएको हो ।राजनीतिक दल ऐनको दफा ४४ मा भनिएको छ,’दफा ४३ बमोजिम दलको नाम, छाप, झण्डा वा चिन्हसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेस गर्नु पर्नेछ,’ ।
अहिले नेकपाका बहुमत केन्द्रीय सदस्य प्रचण्ड-नेपाल पक्षमा देखिएका छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह