२०७९ जेष्ठ ८, आईतबार
आलोक यादव/ २९ पुष,सिरहा – वन ऐन ७६ को दफा ७ बमोजिम वनक्षेत्रमा कुनै किसिमको घर, टहरा, छाप्रो, पक्की घर निर्माण गर्ने गराउँने त्यस्ता व्यक्तिलाई ५ बर्ष कैद र १ लाख जरिवाना तोकिएको छ । तर प्रदेश नं.२ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले भने ऐनकै बर्खिलाप गर्दै वनकै जग्गामा पक्की घर निर्माण कार्य गर्न प्रोत्साहन दिएका छन् ।
राज्यमन्त्री मण्डलले वन ऐन ७६ को दफा ७ को बर्खिलाप गर्दै वनको जग्गामा पक्की घर निर्माण शिलान्यास गरेका छन् । गत पुष १५ गते सिरहाको नरहा ३ स्थित रहेको जोभा प्राकृतिक सामुदायिक वनको करिब चार कठ्ठा जग्गा कब्जा गरी नक्शा विना नै जनता आवास कार्यक्रम अन्र्तगत्को पक्की घर निर्माणको शिलान्यास गरेपछि स्थानीयहरुले त्यसको विरोध गर्दै आक्रोशित भएका छन् ।
स्थानियबासीका अनुसार, जोभा प्राकृतिक सामुदायिक वनक्षेत्रमा पक्की घर निर्माणको लागि राज्यमन्त्री सुरेश मण्डलले स्थानीय केही व्यक्तिलाई प्रोत्साहन गरेका छन् । उक्त कार्य रोक्न सामुदायिक बन उपभोक्ता समिती स्थानिय सरकार स्थानिय बुद्धिजिवी लगायतका टोली प्रदेश नं.२ सरकारमा डेलिगेशन समेत गएका थिए । तर हालसम्म पनि राज्यमन्त्री यादवकै दवावमा परि उक्त कार्यबारे प्रदेशले समेत नआएको जोभा प्राकृतिक सामुदायिक वन नरहा ३ सिरहाका अध्यक्ष हरि यादवले बताए ।
त्यस्तै बन समितीका अध्यक्ष यादवका अनुसार यसबारे डिभिजन वन कार्यालय लहान सिरहाले समेत मौनता साधेको छ भने वन अधिकृत समेत सम्पर्कमा आउँन चाहेका छैनन् । उता वन अधिकृतलाई पटक पटक सम्पर्क गर्दा पनि उनले फोन समेत उठाएका छैनन् ।
उता कानुन व्यवसायीहरुलेृ भने वनको जग्गामा घर बनाउँने तथा बनाउँन लगाउँने मन्त्री होस तथा देशको जुनसुकै अधिकारीलाई वन ऐन अनुरुप कारवाहीको प्रक्रियामा ल्याउँन सरोकारवाला निकायमा उजुरी तथा मुद्दा दायर गर्नुपर्ने बताएका छन् ।
कानुन व्यवसायी गुमस्ता यादवका अनुसार,वन ऐन ७६ को दफा ७ बमोजिम वनक्षेत्रमा कुनै किसिमको घर, टहरा, छाप्रो, पक्की घर निर्माण गर्ने गराउँने त्यस्ता व्यक्तिलाई ५ बर्ष कैद र १ लाख जरिवाना तोकिएको छ । त्यस्तै वनको जग्गामा घर बनाउँने तथा बनाउँन लगाउँने मन्त्री होस तथा देशको जुनसुकै अधिकारीलाई वन ऐन अनुरुप कारवाहीको प्रक्रियामा ल्याउँन सरोकारवाला निकायमा उजुरी तथा मुद्दा दायर गर्नुपर्ने समेत उनि बताँउछन् ।
प्रदेश नं.२ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल ति हुन् जो यसअघि १४ बर्षीया बालिकालाई लाखौं रकम दिएर वालविवाह गराइदिएका थिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह