• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेयर बजारमा आज दोहोरो अंकको सुधार

३ घण्टा अघि
२

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

३ घण्टा अघि
३

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

४ घण्टा अघि
४

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

१२ घण्टा अघि
५

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

१३ घण्टा अघि
६

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१३ घण्टा अघि
७

युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

१३ घण्टा अघि
८

कावासोतीमा सेञ्चुरी बैंक

१३ घण्टा अघि
९

भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी

१४ घण्टा अघि
१०

कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर

१ दिन अघि
११

१४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

१ दिन अघि
१२

आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ४ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    १२ घण्टा अघि
  • सुन तस्करीका फरार व्यक्ति पटक पटक एयरपोर्टबाटै ओहोरदोहोर : अध्यागमन कर्मचारीको यस्तो मिलेमतो

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष २८, मंगलबार (१ साल अघि)
  • १४९३ पाठक संख्या
  • airport photo

    २८ पुष,काठमाडौं –  गत चार वर्ष अघि ३३ किलो ५७७.४० ग्राम सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बरामद गरेको थियो ।

    २०७३ पुस २१ गते उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पार भइसकेपछि बरामद भएको थियो । भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, एयरपोर्ट प्रहरीका एसपी श्याम खत्री, पूर्व एसएसपी रविराज श्रेष्ठ, करारका एक्सरे कर्मचारी राजकुमार ढकाललगायतसँग सेटिङ गरी वर्षाैंदेखि दुबईबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो ।

    सीआईबीले उक्त सुन बरामद गरेपछि तस्करी नाइके रोशन भुसाल भनिने गुप्तलाल भुसाल र हरिशरण खड्का रहेको खुल्यो ।

    प्रहरीले गोपाल शाहीलगायतका भरियालाई मात्र नियन्त्रणमा लिएको थियो । मुख्य नाइके भुसाल र खड्का भएको खुलेपछि सीआईबीले उनीहरूकाविरुद्ध रेडकर्नर नोटिस जारी ग¥यो । पक्राउ परेका गोपाल शाहीले आफुले यसअघि धेरै पटक सुन ओसारपसार गरेको स्वीकार गरे ।

    त्यसबाट पनि नेपालमा भुसाल र खड्काले वर्षाैंदेखि सुन तस्करी गरेको कुरालाई पुष्टि गर्दछ । रेड कर्नर नोटिस जारी गरेपछि सुन तस्करीका मुख्य नाइके मध्येका एक हरिशरण खड्का २०७५ माघमा दुबईमा पक्राउ परे । प्रहरीको सहयोगमा उनी अदालतमा हाजिर भए, थुनामा बस्नु परेन ।

    तत्कालीन सीआईबीका डीआईजी नवराज सिलवालले उनलाई रेडकर्नर नोटिस जारी गरेका थिए । पछि भुसालले सेटिङका आधारमा सुन तस्करीको मुद्दा धकेल्दै आएको श्रोत बताउँछ ।

    श्रोतका अनुसार, कानुनको दृष्टिमा फरार रहेका अभियुक्त गुप्तलाल भुसाल पटक पटक नेपाल र दुबई ओहोरदोहोर गर्ने गर्दछन् । कानुनीरुपमा सबै प्रक्रिया पूरा गरेर जाने नेपालीलाई भिसाको साइज सानो भएको भनेर फर्काउने अध्यागमनका कर्मचारीले फरार अभियुक्त भुसाललाई पटक पटक दुबई जान छुट दिँदै आएको श्रोत बताउछ ।

    हालसालै पनि भुसाल त्रिभुवन विमानस्थलबाट दुबई गएका छन् । भुसालले नेपालमा राजनीतिक संक्रमणको मौका छोपेर फेरि सुन तस्करी सुरु गरेको सुरक्षा श्रोतको दावी छ । केही दिन अगाडि विमानस्थलमा बरामद भएको सुन पनि भुसालकै गु्रपको भएको प्रहरीले आशंक गरेको छ ।

    भुसालले ३३ किलो सुन र सनम शाक्य हत्याका योजनाकार चुडामणि उप्रेती ‘गोरे’ ग्याङका कृष्ण अग्रवाललाई साझेदार बनाएर नेपालमा सुन तस्करीको धन्दा सुरु गरेको श्रोत बताउँछ । भुसालले सुन तस्करीबाट अर्बाैं सम्पत्ति आर्जन गरेको तथ्य फेला परेको छ ।

    १७ वर्ष अगाडि काठमाडौंमा टेम्पो चलाउने भुसाल आज अर्बाैंका मालिक कसरी बने ? सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएकोे छ । उनको दुबईमा क्लबदेखि ज्वेलरी सप र नेपालमा थुप्रै स्थानमा घरजग्गादेखि कम्प्लेक्स समेत रहेको खुल्न आएको छ ।

    श्रोतका अनुसार, भुसालका दुबईमा नौ वटा कम्पनी सञ्चालनमा रहेका छन् । उनले लण्डनमा बस्ने साला कृष्णप्रसाद थपलियाका नाममा दुबईमा याक एण्ड यति दोहोरी सञ्चालन गरिरहेका छन् । उक्त दोहोरीमा सुन तस्करीका पार्टनर कृष्ण अग्रवाल पनि छन् ।

    उक्त दोहोरीमा नविन पाठकसमेत पाटर्नर छन् । उनी पनि भुसालकै नातेदार हुन् । कृष्ण अग्रवाल र भुसालका नाममा माउन्ट एभरेष्ट ज्वेलर्स छ । जुन ज्वेलर्सबाट अवैध सुन तस्करी र हुन्डीको कारोबार हुँदै आएको छ । भुसालको याक एण्ड यति नेप्लिज कुजिन रेस्टुरेन्ट पनि सञ्चालनमा छ । सुन तस्करीकै धनले भुसालले हालै याक एण्ड यति क्लब पनि सुरु गरेका छन् ।

    उनले सुन तस्करीबाट काठमाडौंका धेरै ठाउँमा घरजग्गा जोडेका छन् भने काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा भव्य व्यापारिक कम्प्लेक्स निर्माण गरिरहेका छन् । साविक गोंगबु गाविस–५ क कित्ता नं. २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा उनको शानदार कम्प्लेक्स निर्माण भइरहेको छ ।

    गेम्जो गुरुङकी श्रीमती डोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा खरिद गरी भुसालले कम्प्लेक्स निर्माण गरिरहेका छन् । उक्त कम्प्लेक्सको बारेमा पनि सम्पत्ति शुद्धीकरणले खोजी सुरु गरेको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्र बैंकलाई २०७५ असार २९ मा नेपाल राष्ट्र बैंकसँग गुप्तलाल भुसालसहितका आरोपीहरूको बैंकमा रहेको विवरण माग गरेको थियो ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका सिलसिलामा रहेका भुसाललगायतका व्यक्तिहरूको सबै प्रकारका खाताहरू, एलसी (लेटर अफ क्रेडिट), कारोबारसमेतका विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गरेको थियो ।

    भुसालले अदालत मात्र होइन, सम्पत्ति शुद्धीकरणसमेत सेटिङ गरी मिलाउने प्रयत्न गरेको बुझिएको छ । सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता सुशील आचार्यले भुसाललगायतको सुन तस्करीसँग जोडिएका व्यक्तिहरूको अनुसन्धान भइरहेको प्रतिक्रिया दिँदै यस विषयमा केही बोल्न नमिल्ने बताए ।

    सीआईबीले ३३ किलो सुन प्रकरणमा सुन तस्कर भुसालसहितका व्यक्तिविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको थियो । तस्करीमा संलग्नहरूको सम्पत्ति विवरण संकलन गरेको थियो । त्यसमा भुसालको सम्पत्ति अस्वभाविक देखिएकाले छानबिनका लागि सम्पत्ति शुद्धिकरणमा पठाइएको थियो ।

    गुप्तलाल भुसाल, हरिशरण खड्का, कृष्ण अग्रवाल र चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले दुबईबाट नेपालमा सुन तस्करी गर्ने गरेको खुलेको छ । सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको ७१५ पृष्ठको प्रधानमन्त्री कार्यालयको दराजमा थन्किएको प्रतिवेदनमा कृष्ण अग्रवालको नाम पनि रहेको श्रोत बताउछ ।

    अग्रवाल र भुसाल व्यापारिक साझेदार भएकाले पनि गोरे र भुसालको संलग्नतालाई पुष्टि गर्दछ । सनम शाक्य हत्या र ३३ किलो सुन तस्करीमा कृष्ण अग्रवाललाई पनि प्रहरीले पक्राउको सूचीमा राखेको थियो । साँघु साप्ताहिकले खबर छापेको छ

    श्रोतका अनुसार, भुसालका दुबईमा नौ वटा कम्पनी सञ्चालनमा रहेका छन् । उनले लण्डनमा बस्ने साला कृष्णप्रसाद थपलियाका नाममा दुबईमा याक एण्ड यति दोहोरी सञ्चालन गरिरहेका छन् । उक्त दोहोरीमा सुन तस्करीका पार्टनर कृष्ण अग्रवाल पनि छन् ।

    उक्त दोहोरीमा नविन पाठकसमेत पाटर्नर छन् । उनी पनि भुसालकै नातेदार हुन् । कृष्ण अग्रवाल र भुसालका नाममा माउन्ट एभरेष्ट ज्वेलर्स छ । जुन ज्वेलर्सबाट अवैध सुन तस्करी र हुन्डीको कारोबार हुँदै आएको छ । भुसालको याक एण्ड यति नेप्लिज कुजिन रेस्टुरेन्ट पनि सञ्चालनमा छ । सुन तस्करीकै धनले भुसालले हालै याक एण्ड यति क्लब पनि सुरु गरेका छन् ।

    उनले सुन तस्करीबाट काठमाडौंका धेरै ठाउँमा घरजग्गा जोडेका छन् भने काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा भव्य व्यापारिक कम्प्लेक्स निर्माण गरिरहेका छन् । साविक गोंगबु गाविस–५ क कित्ता नं. २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा उनको शानदार कम्प्लेक्स निर्माण भइरहेको छ ।

    गेम्जो गुरुङकी श्रीमती डोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा खरिद गरी भुसालले कम्प्लेक्स निर्माण गरिरहेका छन् । उक्त कम्प्लेक्सको बारेमा पनि सम्पत्ति शुद्धीकरणले खोजी सुरु गरेको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्र बैंकलाई २०७५ असार २९ मा नेपाल राष्ट्र बैंकसँग गुप्तलाल भुसालसहितका आरोपीहरूको बैंकमा रहेको विवरण माग गरेको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका सिलसिलामा रहेका भुसाललगायतका व्यक्तिहरूको सबै प्रकारका खाताहरू, एलसी (लेटर अफ क्रेडिट), कारोबारसमेतका विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गरेको थियो ।

    भुसालले अदालत मात्र होइन, सम्पत्ति शुद्धीकरणसमेत सेटिङ गरी मिलाउने प्रयत्न गरेको बुझिएको छ । सम्पत्ति शुद्धीकरण विभागका प्रवक्ता सुशील आचार्यले भुसाललगायतको सुन तस्करीसँग जोडिएका व्यक्तिहरूको अनुसन्धान भइरहेको प्रतिक्रिया दिँदै यस विषयमा केही बोल्न नमिल्ने बताए ।

    सीआईबीले ३३ किलो सुन प्रकरणमा सुन तस्कर भुसालसहितका व्यक्तिविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको थियो । तस्करीमा संलग्नहरूको सम्पत्ति विवरण संकलन गरेको थियो । त्यसमा भुसालको सम्पत्ति अस्वभाविक देखिएकाले छानबिनका लागि सम्पत्ति शुद्धिकरणमा पठाइएको थियो ।

    गुप्तलाल भुसाल, हरिशरण खड्का, कृष्ण अग्रवाल र चुडामणि उप्रेती ‘गोरे’ सहितको समूहले दुबईबाट नेपालमा सुन तस्करी गर्ने गरेको खुलेको छ । सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरणमा सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको ७१५ पृष्ठको प्रधानमन्त्री कार्यालयको दराजमा थन्किएको प्रतिवेदनमा कृष्ण अग्रवालको नाम पनि रहेको श्रोत बताउछ । अग्रवाल र भुसाल व्यापारिक साझेदार भएकाले पनि गोरे र भुसालको संलग्नतालाई पुष्टि गर्दछ । सनम शाक्य हत्या र ३३ किलो सुन तस्करीमा कृष्ण अग्रवाललाई पनि प्रहरीले पक्राउको सूचीमा राखेको थियो । साँघु साप्ताहिकमा समाचार प्रकाशित् छ ।

  • subhayug
  • subhayug.com
  • केन्द्रीय अनुसन्धान ब्युरो
  • डीआईजी नवराज सिलवाल
  • त्रिभुवन विमानस्थल
  • नेपाल प्रहरी
  • भन्सार कार्यालय
  • सीआईबी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सेयर बजारमा आज दोहोरो अंकको सुधार

  • पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

  • यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

  • धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा


  • समाचार
  • १

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    ३ घण्टा अघि

  • २

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    ३ घण्टा अघि

  • ३

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    ४ घण्टा अघि

  • ४

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    १२ घण्टा अघि

  • ५

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल
    १३ घण्टा अघि

  • ६

    जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
    १३ घण्टा अघि

  • ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु
    १३ घण्टा अघि

  • ८

    कावासोतीमा सेञ्चुरी बैंक
    १३ घण्टा अघि

  • ९

    भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी
    १४ घण्टा अघि

  • १०

    कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution