१९पौष ,काठमाडौं-सरकारले गरेको संसद विघटनकोबारे सर्वोच्च अदालतले प्रधानन्त्री र राष्ट्रपति कार्यालयलाई जारी गरेको कारण देखाउ आदेशको मिति आज सकिँदैछ ।संसद विघटनविरुद्व परेको रिट निवेदनको सुनुवाईको इजलासले महान्यायाधिवक्ताको कार्यालयमार्फत आजसम्म लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको थियो।
सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, ‘निवेदनको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने होरु आदेश जारी हुननपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी मिति २०७७र९र१९ सम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूलाई यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी सूचना म्याद जारी गरी निम्न कार्य सम्पन्न गरी नियमानुसार पेस गर्नू।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar