२०८१ आश्विन २५, शुक्रबार
१८ पुष,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग र अदालतले क्लियर तरिकाले चार्ली च्याप्लिन चिन्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ओली पक्षिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले (प्रचण्ड-माधव नेपाल) पक्षलाई प्रहार गर्दै निर्वाचन आयोग र अदालतले साँच्चिकैको चार्ली च्याप्लिन को भनेर चिन्ने बताँउदै पार्टीको वैधानिकता आफ्नो भएको दावी गरेका हुन् । ओलीले भेलामा भने अदालतले चार्ली च्याप्लिन चिन्न गल्ति गर्दैन । निर्वाचन आयोगले गल्ति गर्दैन । जुँगा हेरेर चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ, कुम हल्लाएको देखेर चिन्छ चार्ली च्याप्लिन को हो भनेर । सूर्य चिन्ह हामीसँग हुन्छ,पार्टी हाम्रो हो ।
त्यस्तै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षलाई रत्नपार्कमा सिसीमा औषधि बेच्ने मान्छेको जस्तो हालत हुने अवस्था भएको पनि व्यङ्ग्य गरेका छन् । उनले सरकारले नयाँ नक्सा छापेपछि प्रचण्ड नेपाल पक्षको पीडा बढेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार देशलाई माया गर्नेहरुको बताउँदै प्रचण्ड नेपालले सरकार आफ्नो हातमा पारेर देश बर्बाद पार्नका लागि लागि परेको समेत आरोप लगाएको छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar