२०७९ जेष्ठ ११, बुधबार
१८ पुष,दाङ – बँदेलको आक्रमणबाट दाङमा चार जना घाइते भएका छन् ।
आज शनिबार बिहान १० बजेतिर घाँस दाउरा काट्न जाँदा लमही नगरपालिका-१ बरूवागाउँमा बँदेलको आक्रमणबाट उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरकिा अनुसार घाइते हुनेमा लमही नगरपालिका-१ बरूवागाउँकी ४० वर्षीया हिरादेवी चौधरी, वडा नं २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँकी ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बँदेलले उनीहरुको खुट्टामा आक्रमण गरेको छ । घाइतेमध्ये शिरीष र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको छ । धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको समेत प्रहरीले जनाएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह