१७ पौष,काठमाडौ – फेसबुकमा आइफोन १२ को लोभ देखाएर प्रयोगकर्ताको युजर नेम र पासवर्ड चोर्ने पासो थाप्न थालिएको छ, ‘नेपाल टेलिकम’ को नाम र लोगो राखेर फेक पेज बनाई फेसबुकमा विज्ञापन गरी गरी यस्तो ‘फिसिङ’ आक्रमण गरिएको हो। माथिको विज्ञापन हेर्दा सोझासाझालाई साँच्चिकै नेपाल टेलिकमले क्रिसमसको अवसरमा आइफोन बाँड्न लागेको जस्तो लाग्न सक्छ। आइफोनको लोभमा तपाईँले त्यसमा दिइएको लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँ फँस्नुभयो।
के हो फिसिङ?
फिसिङ भनेको साइबर क्राइम हो। पहिले पहिले (र अहिले पनि) कुनै नाम चलेको संस्थाको झैँ लाग्ने गरी इमेल, फोन वा एसएमएस पठाएर अरुलाई झुक्याएर गोप्य र संवेदनशील डेटाहरु जस्तै पासवर्ड, एटिएमको पिनकोड आदि माग्ने गरिन्छ। यसरी हात पारिसकेपछि त्यसको प्रयोग गरेर हानी पुर्याउने काम गरिन्छ।
अहिले फेसबुकमा विज्ञापनै गरेर यसरी फिसिङ गर्न थालिएको छ।
जस्तै माथिको विज्ञापनमा तपाईँले क्लिक गर्नुभयो भने खुल्ने पेज यस्तो हुन्छ-
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar