२०८१ आश्विन २०, आईतबार
पौष १६ , काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चालेको असंवैधानीक कदमप्रतिको मुद्दामा सर्वोच्च अदालतको निर्णय पर्खिरहेको बताएका छन्।उनले सरकारले गरेको संसद विघटनविरुद्ध अदालतले फैसला गरेपछि मात्रै कांग्रेस कसरी अगाडि बढ्छ भन्ने निश्चित हुने भएकाले सर्वोच्चको निर्णयको पर्खाईमा रहेको बताएका हुन्।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनको नाममा अदालतलाई धम्क्याएर वा तर्साएर प्रभावित पार्न नहुने पनि बताए।“हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले स्वतन्त्र न्यायपालिकामा विश्वास गर्दछ, त्यसैले अदालतमा विचाराधीन मुद्दामा आन्दोनलको नाममा “यसो गर, उसो गर” भन्दै धम्क्याएर तर्साउने काम गर्दैनौँ,” सभापति देउवाले भने।
कार्यक्रममा राष्ट्रिय मेलमिलाप दिवसबारे बोल्दै सभापति देउवाले सिक्किमलाई भारतले विलय गरेपछि बिपी कोइराला नेपालको हालत चाहिँ के होला भन्दै डराएर राष्ट्रिय मेलमिलापको नीति लिएर आएको बताए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar