२०८१ आश्विन ३०, बुधबार
पौष १६ , काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट रु. २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकले बाणिज्य, बिकास बैंक र वित्त कम्पनीबाट २८ दिनका लागि निक्षेप संकलन गर्ने भएको हो । बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । यसका लागि राष्ट्र बैंकले आज (पुस १६ गते) २ बजे बोलकबोल गर्ने भएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित संकलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ ।बोलकबोल गर्दा उनीहरुले जम्मा गर्न चाहेको रकम खुलाउनुपर्ने छ । साथै, त्यसमा दिइने व्याज पनि बोलकबोल मार्फत टुंग्याउने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले माघ १५ गते सावा र व्याज एकै पटक भुक्तानी गर्ने बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar