• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ श्रावण ३, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

१ दिन अघि
२

भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

१ दिन अघि
३

प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

१ दिन अघि
४

नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

२ दिन अघि
५

साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित

२ दिन अघि
६

अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२ दिन अघि
७

नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा

२ दिन अघि
८

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ दिन अघि
९

ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४

३ दिन अघि
१०

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

३ दिन अघि
११

भिजिट भिसा प्रकरणको तरंग : फेरी फेरिए विमानस्थल अध्यागमन प्रमुख

३ दिन अघि
१२

नक्कली नोट र लागूऔषधसहित कोहलपुरबाट दुई जना पक्राउ

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ३ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    ६ दिन अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    ३ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ हफ्ता अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ हफ्ता अघि
  • kp oli cabinet baithak ९

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    १ हफ्ता अघि
  • kp oli sambodhan १०

     वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

    ४ दिन अघि
  • प्रधानमन्त्री ओलीको कदमले नेकपा विभाजनको संघारमा

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष ६, सोमबार (४ साल अघि)
  • ८२८ पाठक संख्या
  • nekapa dhumbarahi

    ६ पुष,काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ । नेकपाकै सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गरेका छन् । अविश्वासको प्रस्ताव आउदै गरेको सूचना पाएपछि ओलीले विहानै संसदको विघठनको सिफारिस गरेका थिए । सिफारिस कार्यान्वयन भएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल–वरिष्ठ नेता माधवकुमार नेपाल समुहले ओलीलाई कारवाही गर्ने निर्णय गरेको हो ।  दाहाल–नेपाल पक्षले ओलीलाई केन्द्रीय समितिबाट अनुशासनको कारवाही गर्ने गरी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ओली समुहको सहभागीता बिना बसेको दाहाल–नेपाल खेमाको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको प्रस्ताव ७ पुसमा बोलाइएको केन्द्रीय समिति बैठकमा पेश हुनेछ । केन्द्रीय समिति बैठकले प्रधानमन्त्री ओलीमाथि पार्टी सदस्यबाट समेत मुक्त हुनेगरी अनुशासनात्मक कारबाही गर्न सक्ने नेताहरुले बताएका छन् ।

    राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले ‘विधान विपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भए बमोजिम दलले अनुशासनात्मक कारबाही गर्न सक्ने’ व्यवस्था गरेको छ । नेकपाको अन्तरिम विधानमा पार्टीले अनुशासनको कारबाही गरेमा पार्टीको सदस्य वा संगठित सदस्यबाट समेत निष्काशित हुने व्यवस्था छ । नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ ले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा, पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेमा, पार्टी निर्णय उल्लंघन गरेमा, पार्टीप्रति निष्ठा र विश्वास नरहेमा, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेमा कुनै पनि निकाय, कमिटी, सदस्य वा पदाधिकारीमाथि अनुशासनको कारबाही गर्नसक्ने उल्लेख गरेको छ ।

    यी क्रियाकलाप गरेमा केन्द्रीय समितिले प्रकृति र परिणाम हेरी आत्मालोचनादेखि सदस्यताबाट निलम्बन वा निष्काशन गर्नेसम्मको कारबाही गर्न सक्नेछ । सामान्यतयाः कारबाही पर्ने सदस्यलाई स्पष्टीकरणको मौका दिइने भएपनि अनुशासनात्मक कारबाहीमा भने स्पटीकरणको मौका हुने छैन । केन्द्रीय कमिटीले बहुमतका आधारमा कारबाही गर्ने निर्णय लगत्तै नेकपा फुटको औपचारिक घोषणा हुने बताइएको छ ।
    यता, ओली पक्षका नेताहरुले भने स्थायी कमिटी वा केन्द्रीय कमिटी बैठक बारे केही निर्णय गरेका छैनन् । प्रधानमन्त्री ओलीले सोमबार विहान विघठित प्रतिनिधिसभाका सदस्य र राष्ट्रिय सभाका सदस्यलाई परामर्शका लागि बोलाएका छन् ।

    दाहाल–नेपाल पक्षले पनि अपरान्ह १ बजे नयाँ बानेश्वरमा बैठक बोलाएका छन् । नेकपाभित्र दुई पक्षबीच विवाद चर्किदै जाँदा नेताहरुले कित्ता क्लियर गर्ने क्रम पनि शुरु भएको छ ।  उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनपछि दुईपटक प्रतिक्रिया दिएका छन् । पहिलो प्रतिक्रिया समर्थन र बिरोध दुवै नरहेको थियो । त्यसको केही घण्टापछि नै उनको अर्को वक्तव्य आयो, जसमा प्रधानमन्त्रीको कदमको बिरोध गरिएको छ । प्रधानमन्त्रीको कदमको विरोध गरे पनि गौतम प्रचण्डको अध्यक्षतामा बसेको दाहाल–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा भने सहभागी भएनन् ।

    गौतमको अनुपस्थितिमात्र होइन, प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा गौतमपत्नी तुलसी थापाको हस्ताक्षर छैन । उनलाई हस्ताक्षर गर्न आग्रह गरिए पनि गौतमले रोकेको र गौतम निकटका अन्य केही सांसदले पनि हस्ताक्षर नगरेको बताइएको छ । यसले गौतम अझै पनि नेकपा बिभाजनको चरणमा कता लाग्छन् भन्ने प्रश्न खडा गरेको छ । गौतमले पार्टी फुट्न नदिन अन्तिमसम्म प्रयत्न गरिरहेका थिए । यसैगरी स्थायी कमिटी बैठकमा पूर्व माओवादी खेमाका रामबहादुर थापा, लेखराज भट्ट, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी र मणि थापा उपस्थित भएनन् । दाहाल–नेपाल समुहको बैठक चलिरहँदा थापा प्रधानमन्त्री ओलीसँग बालुवाटारमै छलफलमा सहभागी थिए । केही नेता राजधानी बाहिर रहेकाले आउन नपाएको प्रतिक्रिया दिएका छन् । यसैवीच, दाहाल–नेपाल खेमाले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेका छन् । उनिहरुले सो प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेका छन् ।

  • cpn
  • subhayug
  • नेकपा
  • नेपाल कम्युनिष्ट पार्टी
  • प्रधानमन्त्री
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

  • भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

  • प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

  • नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार


  • समाचार
  • १

    एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा
    १ दिन अघि

  • २

    भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा
    १ दिन अघि

  • ३

    प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै
    १ दिन अघि

  • ४

    नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार
    २ दिन अघि

  • ५

    साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित
    २ दिन अघि

  • ६

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प
    २ दिन अघि

  • ७

    नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा
    २ दिन अघि

  • ८

    तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
    २ दिन अघि

  • ९

    ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४
    ३ दिन अघि

  • १०

    नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    ६ दिन अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    subhayug
    २

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

    subhayug
    ३

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    ४

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution